अर्जुनको शतक बाबजुद नेपाल पराजित

काठमाडौं । ओपनर अर्जुन कुमालको कीर्तिमानी शतकका बाबजुद नेपाल आयरल्यान्ड वल्भ्ससँगको तीन खेलको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा पराजित भएको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ए ६९ रनले पराजित भएको हो । जितसँगै आयरल्यान्डले सिरिजमा क्लिन स्विप गरेको छ ।

आयरल्यान्डले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ३४ दशमलब ४ ओभरमा अल आउट हुँदै २ सय १५ रन मात्र बनाउँन सक्यो ।

नेपालका लागि ओपनर अर्जुन कुमालले १ सय १८ बलमा १४ चौकाको सहयोगमा १ सय २ रनको शतकीय ईनिङ खेले । नेपाल ए का लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने अर्जुन पहिलो क्रिकेटर हुन् । अर्का ओपनर अर्जुन साउदले ३० बलमा ३६ रन बनाए ।

नरेन भट्ट र रुपेश सिंहले समान १५/१५ रन बनाए ।

आयरल्यान्डका लागि बेन ह्वाईटले पाँच विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो ।

आयरल्यान्डका लागि ओपनर स्टेफन डोहानीले १ सय २९ बलमा ८ चौका र २ छक्काको सहयोगमा १ सय ७ रनको शतकीय ईनिङ खेले । करियरको पहिलो शतक उनले १ सय २६ बलमा पुरा गरेका थिए ।

पिजे मोरले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४४ रन बनाए । मोर्गान टोपिङले ३६ बलमा २१ तथा फियोन ह्यान्डले २१ बलमा २० रन बनाए । गोभिन होयले १० बलमा १४ रन बनाए ।

नेपाल ए का लागि रन्जित कुमार तथा रिजन ढकालले समान तीन तीन तथा विकास आग्री र साहब आलमले समान एक एक विकेट लिए ।

 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]