गायकवाडको अर्धशतकमा चेन्नईले पञ्जाबलाई दियो १६३ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा कप्तान ऋतुराज गायकवाडको अर्धशतकको सहयोगमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्सलाई जितका लागि १ सय ६३ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ४८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । अजिंका राहाणेले २४ बलमा २९ तथा समिर रिज्भीले २३ बलमा २१ रन बनाए ।

मोईन अलिले ९ बलमा १५ रन बनाए । महेन्द्रसिंह धोनीले ११ बलमा १४ रन बनाए ।

पञ्जाबका लागि राहुल चाहर र हरप्रित ब्रारले समान दुई दुई तथा अर्शदिप सिंह, कागिसो रबाडाले समान एक एक विकेट लिए ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]