चेन्नईमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ४९ औं खेलमा चेन्नई सुपर किंग्समाथि पञ्जाब किंग्सले जित निकालेको छ ।

चेन्नईको घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जाबले ७ विकेटको जित निकाल्यो ।

चेन्नईले दिएको १ सय ६३ रनको लक्ष्य पञ्जाबले १७ दशमलब ५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

पञ्जाबका लागि ओपनर जोनी बेयस्ट्रोले ३० बलमा ७ चौका र १ छक्काको सहयोगमा ४६ रन बनाए । राईली रोउसोले २३ बलमा ५ चौका २ छक्काको सहयोगमा ४३ रन बनाए । रोउसो र बेयस्ट्रोले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए ।

कप्तान साम करनले २० बलमा २६ तथा शंशाक सिंहले २६ बलमा २५ रन बनाए ।

चेन्नईका लागि रिचार्ड ग्लिसन, शिभम दुबे र शार्दुल ठाकुरले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ४८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले । अजिंका राहाणेले २४ बलमा २९ तथा समिर रिज्भीले २३ बलमा २१ रन बनाए ।

मोईन अलिले ९ बलमा १५ रन बनाए । महेन्द्रसिंह धोनीले ११ बलमा १४ रन बनाए ।

पञ्जाबका लागि राहुल चाहर र हरप्रित ब्रारले समान दुई दुई तथा अर्शदिप सिंह, कागिसो रबाडाले समान एक एक विकेट लिए ।

दश खेलमा चौथो जित निकालेको पञ्जाब अंक तालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजित चेन्नई दश खेलमा पाँचौ हारका साथ चौथो स्थानमा छ ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]