मलेसियासंग पराजित हुँदा नेपाल एसिया कप छनोट हुन असफल

काठमाडौं । नेपाललाई एसीसी महिला प्रिमियर कप सेमिफाइनल हराउँदै मलेसियाले एसिया कपमा स्थान बनाएको छ ।

मलेसियाको बायोमास ओभलमा भएको खेलमा मलेसिया ४ विकेटले विजयी भयाे । नेपालले दिएको १ सय १६ रनको लक्ष्य मलेसियाले निर्धारित २० ओभरको अन्तिम बलमा पूरा गर्यो ।

मलेसियाका लागि इल्सा हन्टरले ५३ बलमा ६ चौकाको सहयोगमा अविजित ६९ रनको अर्धशतकीय ईनिङ खेलिन् ।

तेस्रो विकेटका लागि मास इल्सा र इल्सा हन्टरले तेस्रो विकेटका लागि ३६ बलमा २७ रनको साझेदारी गरे । चौथो विकेटका लागि इल्सा हन्टर र महिराना इस्मालीले ३७ बलमा ३६ रनको साझेदारी गरे ।

नेपालका लागि कविता जोशी तथा सीता रानामगरले समान २/२ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान इन्दु बर्माले ३७ बलमा २९ रन बनाईन् । १० रनमा नै पहिलो विकेट गुमाएको नेपालका लागि कप्तान बर्मा र ओपनर कविता कुँवरले ३७ बलमा ३५ रनको साझेदारी गरे । कुँवरले ३१ बलमा २३ रन बनाउँदै रनआउट भईन् । रुबिना क्षेत्रीले १८ बलमा २० रन बनाईन् । कप्तान बर्मा र रुबिनाले तेस्रो विकेटका लागि ३१ बलमा ३३ रनको साझेदारी गरे ।

चौथो विकेटका लागि कप्तान बर्मा र डलि भट्टले १६ बलमा २१ रनको साझेदारी गरे । भट्टले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २५ रन बनाईन् ।

मलेसियाका लागि माहिरा ईस्मालीले २ तथा उनिफ्राइड दुराईसिंघमले १ विकेट लिईन् ।

सेमिफाइनल जितेसँगेै मलेसियाले आईतबार युएईसँग फाइनल खेल्ने छ । पहिलो सेमिफाइनल खेल जितेर युएईले फाइनलमा स्थान बनाईसकेको छ । युएईले थाइल्याण्डलाई ४ रनले पराजित गरेको थियो ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]