नेपालले टस हार्यो, आकाशको डेब्यु

काठमाडौं । नेपालले टस हारेको छ । नेपाल र क्यानडाबीचकाे दाेस्राे खेलमा क्यानडाले टस जितेर ब्याटिङ रोजेको छ ।

क्यानडाले ब्याटिङ राेजेपछि नेपालले पहिले बलिङ गर्दैछ । क्यानडाविरुद्धको पहिलो खेलमा खेलेका तीन जना खेलाडीलाई बेन्चमा राखिएको छ । ललितनारायण राजवंशी,कुशल भुर्तेल र अारिफ शेख बेन्चमा रहेका छन् ।

आजको खेलमा आकाश चन्द, देव खनाल र अनिल शाहलाई टिममा समेटिएको छ । आकाशको यो डेब्यु खेल हो । आकाश नेपालका लागि ओडिआई खेल्ने ४० औं खेलाडी हुन् ।

May be an image of 7 people and text

अनिल शाहले विकेटकिपिङ पनि गर्ने छन् ।

पहिलो खेलमा कप्तान रोहितकुमार पौडेलको चार विकेटको सहयोगमा नेपालले सात रनको रोमान्चक जित निकालेको थियो । यो खेलमा जितका साथ नेपाल एक खेल अगावै सिरिज जित्न चाहन्छ । क्यानडा पनि जित निकाल्दै सिरिजमा बराबरी गर्न चाहन्छ ।

नेपाल र क्यानडाबीचको अन्तिम खेल तथा तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ मा हुनेछ ।

नेपालको प्लेईङ-११ :

आसिफ शेख(विकेटकिपर), अनिल शाह, देव खनाल,भीम सार्की, रोहित पौडेल(कप्तान), पवन सरार्फ, कुशल मल्ल, सोमपाल कामी,रिजन ढकाल, सुर्य तामाङ, आकाश चन्द ।

 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]