विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका तथा वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी२० विश्वकपका लागि युगान्डा र स्कटल्यान्डको टोली घोषणा भएको छ ।

सोमबार दुवै टोलीको घोषणा भएको हो । पहिलो पटक विश्वकपमा स्थान बनाएको युगान्डाले ब्रायन मसाबाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । युगान्डा विश्वकपको समूह सी मा रहेको छ ।

समूह सी मा युगान्डाको अलावा अफगानिस्तान, न्युजिल्यान्ड, पपुवा न्यु गिनी र वेस्ट इन्डिज रहेका छन् । ४ जुनमा अफगानिस्तानसँग खेल्दै युगान्डाले विश्वकपको सुरुआत गर्नेछ ।

स्कटल्यान्डले रिची बेरिङ्टनको कप्तानीमा स्कटल्यान्डले १५ सदस्यीय टोलीको घोषणा भएको छ । विश्वकपमा स्कटल्यान्ड समूह बी मा रहेको छ । समूह बी मा स्कटल्यान्डको अलावा अस्ट्रेलिया, इंग्ल्यान्ड, ओमान र नामिबिया छन् । ४ जुनमा इंग्ल्यान्डसँग खेल्दै स्कटल्यान्डले विश्वकपको सुरुआत गर्ने छ ।

युगान्डाको टोली

ब्रायन मसाबा (कप्तान), साइमन सेसाजी, रोजर मुकासा, कोस्मस क्यूवुता, दिनेश नकरानी, फ्रेड अचेलम, केनेथ वैस्वा, अल्पेश रामजानी, फ्रैंक नेबुगा, हेनरी सेन्योन्डो, बिलाल हसन, रॉबिन्सन ओबुया, रियाजत अली शाह, जुमा मियाजी, रौनक पटेल।

स्कटल्यान्डको टोली

रिची बेरिंगटन (कप्तान), म्याथ्यु क्रस, ब्रेड करी, क्रिस ग्रीव्स, ओली हेयर्स, जैक जार्विस, माइकल जोन्स, माइकल लीस्क, ब्रैंडन मैकमुलेन, जॉर्ज मुन्से, सफियान शरीफ, क्रिस सोले, चार्ली टियर, मार्क वाट, ब्रैड व्हील।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]