कोहली र शामी चम्किंदा भारतको लगातार पाँचौ जित, न्युजिल्यान्डको पहिलो हार

न्युजिल्यान्डलाई ४ विकेटले पराजित गर्दै भारतले आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा लगातार पाँचौ जित दर्ता गर्दै जितको शिलशिला कायमै राखेको छ। अघिल्लो ४ खेलमा जित दर्ता गरेको न्युजिल्यान्डले प्रतियोगितामा पहिलो हार बेहोरेको छ।जितसंगै भारतले विश्वकप २०२३ को सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

आजको जित भारतको लागि विशेष रह्यो। सन् २००३ को विश्वकप पछि भारतले आईसीसी विश्वकपमा न्युजिल्यान्डलाई पहिलो पटक पराजित गरेको हो।

भारतको धरमशालामा न्युजिल्यान्डले दिएको २७४ रनको लक्ष्य भारतले २ ओभर बाँकी हुँदै ६ विकेट क्षेतीमा भेटायो।

भारतको लागि विराट कोहलीले सर्वाधिक ९५ रनको योगदान दिए जुन क्रममा १०४ बलमा ८ चौका र २ छक्का प्रहार गरे। कप्तान रोहित शर्माले ४६, रभिन्द्र जडेजाले अविजित ३५, श्रेयस ऐयरले ३३, शुबमन गिलले २६ रन बनाए।

१९१ रनमा ५ विकेट गुमेको अवस्थामा कोहली र जडेजाले छैठौं विकेटको लागि ७८ रनको साझेदारी गर्दै जितको नजिक पुर्याए। शतक प्रहार गर्न ५ रन टाढा रहंदा छक्का प्रहार गर्ने प्रयासमा कोहली म्याट हेनरीको बलमा क्याच आउट हुन पुगे।

न्युजिल्यान्डको बलिंगमा लकी फर्गुसनले २ तथा ट्रेन्ट बोल्ट, म्याट हेनरी र मिचेल स्यांटनरले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको न्युजिल्यान्डले ५० ओभरमा २७३ रनमा सबै विकेट गुमायो।

न्युजिल्यान्डको लागि चौंथो नम्बरमा ब्याटिंग गरेका डेरेल मिचेलले सर्वाधिक १३० रन बनाए जुन क्रममा १२७ बलमा ९ चौका र ५ छक्का प्रहार गरे। यस्तै रचिन रभिन्द्रले ८७ बलमा ६ चौका र १ छक्का मद्दतले ७५ रन बनाए। ग्लेन फिलिप्सले २३ तथा विल योंगले १७ रन योगदान दिए। तेश्रो विकेटको लागि रभीन्द्र र मिचेलले १५९ रनको साझेदारी गरेका थिए।

एक समय २०५ रनमा ३ विकेट गुमाएको अवस्थाबाट भारतीय फास्ट बलर मोहम्मद शामीले ५ विकेट लिंदा न्युजिल्यान्डले थप ६८ रन बनाउदा सबै विकेट गुमाउन पुग्यो। शामीले १० ओभरमा ५४ रन खर्चिए। कुलदिप यादवले २ तथा जस्प्रित बुम्राह र मोहम्मद सिराजले १/१ विकेट लिए।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]