धनगढीको फाप्ला क्रिकेट मैदानमा सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु

लोकेश जोशी / धनगढी

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा धनगढीको फाप्ला क्रीकेट मैदानमा सुपर सिक्स टिचर्स क्रिकेट प्रतियोगिता-२०८० को पहिलो भएका खेलहरुमा नेपाल पुलिस स्कुल,ऐश्वर्य विद्या निकेतन,नेपाल पुलिस स्कुल,स्टेपिङ स्टोन,ऐश्वर्य विद्या निकेतन,विद्याभूषण पब्लिक स्कुल,नेपाल पुलिस स्कुल र मयुर स्कुल विजयी भएका छन्।

नेपाल पुलिस स्कुल ३ विकेटले बिजयी !!

आज भएको पहिलो खेलमा नेपाल पुलिस स्कुल ३ विकेटले बिजयी भएको छ । टस जितेर फिल्डिङ्ग गरेको नेपाल पुलिस स्कुलले एरिष्टो स्कुललाई ब्याटिङको लागि मैदान निम्त्याए पश्चात एरिष्टो स्कुलले निर्धारित ६ ओभरमा २ बिकेट गुमाउदै ७२ रन बनाउन सफल भएको थियो । एरिष्टो स्कुलका लागि सुदर्शन पाठकले सर्वाधिक २९ अविजित रन बनाउनेक्रममा १५ बल खेल्दा अर्का ब्याट्सम्यान दर्शन थापाले महत्त्वपूर्ण २७ रन बनाउनेक्रममा ११ बल खेल्न पुगे। बलिङतर्फ नेपाल पुलिस स्कुलका लागि रविन्द्र रावलले समान १-१ बिकेट लिनेक्रममा समान १/१ ओभर बलिङ गर्दै क्रमशः ९ र ८ रन खर्चिनपुगे।

७३ रनको बिजयी लक्ष्य पाएको नेपाल पुलिस स्कुलले ३ बिकेट गुमाउदै ७५ रन बनाउदै रोमाञ्चक ३ विकेटको जित निकाल्दै प्रतियोगितामा पहिलो जित पनि निकाल्न सफल भयो। नेपाल पुलिस स्कुलका लागि वसन्तप्रसाद जोशीले अविजित सर्वाधिक २५ रन बनाउनेक्रममा १४ बल खेल्दा अर्का ब्याट्सम्यान रविन्द्र रावलले पनि महत्त्वपूर्ण १६ रन बनाउनेक्रममा ११ बल खेल्न पुगे । एरिष्टो स्कुलका लागि दर्शन थापा,सुदर्शन पाठक र भुवन पाण्डेले समान १-१ बिकेट लिनेक्रममा समान १/१ ओभर बलिङ गर्दै क्रमशः ९,११ र ४ रन खर्चिनपुगे पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन्। उक्त खेलमा प्लेयर अफ दी म्याच नेपाल पुलिस स्कुलका वसन्तप्रसाद जोशी घोषित भएका हुन।

ऐश्वर्य विद्या निकेतन २२ रनले बिजयी !!

टस जित्दै ऐश्वर्य विद्या निकेतनले ब्याटिङ गर्ने निर्णय गरेको हो । निर्धारित ओभरमा ३ बिकेट गुमाउदै ७६ रन बनाउन सफल भयो। ऐश्वर्य विद्या निकेतनका लागि रवि रोकाया र निरज जोशीले समान २१/२१ रन बनाउनेक्रममा क्रमशः १० र ०७ बल खेल्दा अर्का ब्याट्सम्यान गोविन्दराज जोशीले पनि अविजित १३ रन बनाउनेक्रममा ६ बल खेल्न पुगे। चैतन्य पाठशालाका लागि शुवास गिरि र विवेक जोशीले समान १-१ बिकेट लिनेक्रममा समान १/१ ओभर बलिङ गर्दै क्रमशः १४ र १६ रन खर्चिनपुगे।

७७ रनको बिजयी लक्ष्य पाएको चैतन्य पाठशालाले निर्धारित ओभरमा सम्पुर्ण बिकेटको क्षति मात्र ५४ रन जोड्नसक्दा खेल २२ रनले गुमाउनपुग्यो। चैतन्य पाठशालाका लागि शुवास गिरिले सर्वाधिक २६ रन बनाउनेक्रममा १५ बल खेल्दा अर्का ब्याट्सम्यान महेश जोशीले १७ रन बनाउनेक्रममा ०९  बल खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन् । ऐश्वर्य विद्या निकेतनका लागि रवि रोकायाले सर्वाधिक ३ बिकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै ०४ रन खर्चिनपुगे। ऐश्वर्य विद्या निकेतनका रवि रोकाया प्लेयर अफ दी म्याच घोषित भए ।

नेपाल पुलिस स्कुल ६ विकेटले बिजयी !!

टस जितेर ब्याटिङ गरेको विद्याभूषण पब्लिक स्कुलले निर्धारित ओभरमा सम्पुर्ण विकेटको क्षति मात्र ६४ रन बनाउनसक्यो । विद्याभूषण पब्लिक स्कुलका लागि श्याम रायले सर्वाधिक ३२ रन बनाउनेक्रममा १३ बल खेल्दा अर्का ब्याट्सम्यान केशव पाण्डेले १७ रन बनाउनेक्रममा १२ बल खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन्।बलिङतर्फ नेपाल पुलिस स्कुलका लागि वसन्तप्रसाद जोशीले सर्वाधिक २ विकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै मात्रै ३ रन खर्चिनपुग्दा दिपक बोहरा र दिनेश रावलले पनि समान १/१ विकेट लिन सफल भए।

६५ रनको झिनो बिजयी लक्ष्य पछ्याउँदै मैदान नेपाल पुलिस स्कुलले निर्धारित ६ ओभरको खेलमा विना विकेट  बिकेट क्षति ६७ रन  बनाउन सफल हुँदै रोमाञ्चक ६ विकेटको जित दर्ता गराउदै लगातार दोश्रो जित आफ्नो नाममा दर्ता गराउन पनि सफल भयो। । नेपाल पुलिस स्कुलका लागि उत्तम बोहराले अविजित सर्वाधिक ४५ रन बनाउनेक्रममा २० बल खेल्दा अर्का ओपनर ब्याट्सम्यान रविन्द्र रावलले पनि अविजित १७ रन बनाउनेक्रममा १२ बल खेल्नपुगे। बलिङतर्फ विद्याभूषण पब्लिक स्कुलका लागि कुनैपनि बलरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। उक्त खेलका प्लेयर अफ दी म्याच उत्तम बोहरा  घोषित भए ।

स्टेपिङ स्टोन स्कुल  ४० रनले बिजयी !!

टस हारेर ब्याटिङ गरेको स्टेपिङ स्टोन स्कुलले निर्धारित ओभरमा १ बिकेट गुमाउदै १२४ रन बनाउन सफल भएयो। स्टेपिङ स्टोन स्कुलका लागि भरत जोशीले अविजित सर्वाधिक ५४ रनको अर्धशतकिय पारी खेल्नेक्रममा १९ बल खेल्दा अर्का ब्याट्सम्यान अमित शर्माले पनि ४८ रन बनाउनेक्रमा १७ बल खेल्दै आफ्नो टोलिको स्कोर प्रतियोगिताकै सर्वाधिक बनाएका हुन। हिलवर्ल्ड स्कुलका लागि मोहन ढाँटले सर्वाधिक १ बिकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै २८ रन खर्चिनपुगे ।

१२५ रनको विशाल बिजयी लक्ष्य पाएको हिलवर्ल्ड स्कुलले निर्धारित ओभरमा १ विकेटको क्षति ८४ रन बनाउनसक्दा खेलमा ४० रनले पराजित हुनपुग्यो। हिलवर्ल्ड स्कुलका लागि भरत कटुवालले अविजित सर्वाधिक ५२ रनको अर्धशतकिय पारी खेल्नेक्रममा २३ बल खेल्दा अर्का ब्याट्सम्यान मोहन ढाँटले २१ रन बनाउनेक्रममा १३ बल खेल्न पुगे पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन् । स्टेपिङ स्टोन स्कुलका लागि भरत जोशीले सर्वाधिक १ विकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै मात्र २ रन खर्चिनपुगे। खेलका प्लेयर अफ दी स्टेपिङ स्टोन स्कुलका भरत जोशी घोषित भए।

ऐश्वर्य विद्या निकेतन ४७ रनले बिजयी !!

टस जितेर ब्याटिङ गरेको ऐश्वर्य विद्या निकेतनले निर्धारित ओभरमा विना बिकेट गुमाउदै १०० रन बनाउन सफल भएयो। ऐश्वर्य विद्या निकेतनका लागि पवन चन्दले अविजित सर्वाधिक ४८ रनको पारी खेल्नेक्रममा २० बल खेल्दा अर्का ब्याट्सम्यान रवि रोकायाले पनि ४० रन बनाउनेक्रमा १६ बल खेल्नपुगे। एरिष्टो स्कुलका लागि कुनैपनि बलरले उल्लेख्य प्रदर्सन गर्न सकेनन् ।

१०१ रनको बिजयी लक्ष्य पाएको एरिष्टो स्कुलले निर्धारित ओभरमा ४ विकेटको क्षति मात्र ५३ रन बनाउनसक्दा खेलमा ४७ रनले पराजित हुनपुग्यो। एरिष्टो स्कुलका लागि सुदर्शन पाठकले सर्वाधिक १९ रनको पारी खेल्नेक्रममा ०८ बल खेल्दा अर्का ब्याट्सम्यान दर्शन थापाले १५ रन बनाउनेक्रममा ०८ बल तथा नवीन जोशीले पनि १३ रनको पारी खेल्नेक्रममा १० बल खेल्न पुगे पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन् । ऐश्वर्य विद्या निकेतनका लागि रवि रोकाया र उत्तम बोहराले समान १/१ विकेट लिनेक्रममा समान १/१ ओभर बलिङ गर्दै ०३ र ११ रन खर्चिनपुगे। खेलका प्लेयर अफ दी ऐश्वर्य विद्या निकेतनका रवि रोकाया घोषित भए।

विद्याभूषण पब्लिक स्कुल ५२ रनले बिजयी !!

टस जितेर ब्याटिङ गरेको विद्याभूषण पब्लिक स्कुलले निर्धारित ओभरमा १ विकेटको क्षति १२९ रन बनाउदै प्रतियोगिताकै उच्च स्कोर बनाउन पनि  सफल भयो।विद्याभूषण पब्लिक स्कुलका लागि टेकराज पनेरूले अविजित सर्वाधिक ७० रनको अर्धशतकिय पारी खेल्नेक्रममा २२ बल खेल्दा अर्का ब्याट्सम्यान श्याम रायले पनि ४८ रन बनाउनेक्रमा १६ बल खेल्नपुगे। चैतन्य पाठशालाका लागि कुनैपनि बलरले उल्लेख्य प्रदर्सन गर्न सकेनन् ।

१३० रनको विशाल बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको चैतन्य पाठशालाले निर्धारित ओभरमा विना विकेटको क्षति ७७ रन बनाउनसक्दा खेलमा ५२ रनले पराजित हुनपुग्यो। विद्याभूषण पब्लिक स्कुलका लागि रमेश क्षेडालले सर्वाधिक ४५ रनको पारी खेल्नेक्रममा २२ बल खेल्दा अर्का ब्याट्सम्यान विवेक जोशीले पनि १७ रन बनाउनेक्रममा १४ बल खेल्न पुगे पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकेनन् । विद्याभुषण पब्लिक स्कुलका लागि कुनैपनि बलरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। खेलका प्लेयर अफ दी विद्याभूषण पब्लिक स्कुलका टेकराज पनेरू घोषित भए।

नेपाल पुलिस स्कुल ५ विकेटले  बिजयी !!

टस जितेर ब्याटिङ गरेको ऐश्वर्य विद्या निकेतनले निर्धारित ओभरमा सम्पुर्ण विकेटको क्षति मात्र ४१ रन बनाउदै प्रतियोगिताकै कम स्कोर बनाउनसक्यो। ऐश्वर्य विद्या निकेतनका लागि रवि रोकाया र गोविन्दराज जोशीले समान ११/११ रनको पारी खेल्नेक्रममा क्रमशः०४ र १२ बल खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन्। नेपाल पुलिस स्कुलका लागि रविन्द्र रावलले सर्वाधिक २ विकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै १३ रन खर्चिन पुग्दा उत्तम बोहरा र दिनेश रावलले पनि समान १/१ विकेट लिन सफल भए।

४२ रनको झिनो बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको नेपाल पुलिस स्कुलले निर्धारित ६ ओभरको खेलमा ३.१ ओभर खेल्दै  १ विकेटको क्षति ४४ रन बनाउदै रोमाञ्चक ५ विकेटको जित निकाल्दै प्रतियोगितामा लगातार तेश्रो जित पनि दर्ता गराउन सफल भयो। नेपाल पुलिस स्कुलका लागि उत्तम बोहराले सर्वाधिक २९ रनको अविजित पारी खेल्नेक्रममा ११ बल खेल्दा अर्का ब्याट्सम्यान सुरज जोशीले पनि १३ रनको अविजित पारी  खेल्नेक्रममा ०५ बल खेल्न पुग्दै आफ्नो टोलिलाइ जित दिलाउन सफल भए । ऐश्वर्य विद्या निकेतनका लागि रवि रोकायाले सर्वाधिक १ विकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै ०९ रन खर्चिनपुगे। खेलका प्लेयर अफ दी नेपाल पुलिस स्कुलका उत्तम बोहरा घोषित भए।

 

मयुर  स्कुल ५ विकेटले  बिजयी !!

टस जितेर ब्याटिङ गरेको हिलवर्ल्ड स्कुलले निर्धारित ६  ओभरको खेलमा २.२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १६  रन बनाउदै प्रतियोगिताकै कम स्कोर बनाउनसक्यो। हिलवर्ल्ड स्कुलका लागि भरत कटुवालले सर्वाधिक १४ रन बनाउनेक्रममा ०७ बल खेल्नुबाहेक अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन्। मयुर स्कुलका लागि सागर साउँदले सर्वाधिक ३ विकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै १ मेडेनसहित कुनैपनि  रन खर्चिएनन भने सुशील कुँवरले पनि महत्त्वपूर्ण २ विकेट लिनेक्रममा ०.३ ओभर बलिङ गर्दै मात्र ०१ रन खर्चिनपुगे।

१७ रनको झिनो बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको मयुर स्कुलले निर्धारित ६ ओभरको खेलमा १ ओभर खेल्दै १ विकेटको क्षति २० रन बनाउदै रोमाञ्चक ५ विकेटको जित निकाल्दै प्रतियोगितामा पहिलो जित पनि दर्ता गराउन सफल भयो। मयुर स्कुलका लागि प्रकाश चन्दले सर्वाधिक १२ रनको पारी खेल्नेक्रममा ०३ बल खेल्दै आफ्नो टोलिलाइ जित दिलाए। हिलवर्ल्ड स्कुलका लागि भरत कटुवालले सर्वाधिक १ विकेट लिनेक्रममा १ ओभर बलिङ गर्दै २० रन खर्चिनपुगे। खेलका प्लेयर अफ दी मयुर स्कुलका सागर साउँद घोषित भए।

 

कैलाली जिल्ला क्रिकेट संघको आयोजना एडुपल नेपालको मुख्यप्रायोजन तथा मालिकार्जुन हार्डवेयरको सह-प्रायोजनमा माघी पर्वको उपलक्ष्यमा सञ्चालन भएको प्रथम एडुपल नेपाल टीचर्स सुपर सिक्सेस क्रिकेट प्रतियोगिता-२०८० को उद्घाटन समारोहमा सभापति कैलाली जिल्ला क्रिकेट संघका सचिव देवनारायण झा रहेको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघका कोषाध्यक्ष दिनेशबहादुर सिंह रहनुकासाथै विशिष्ट अतिथिमा सुदुरपश्चिम प्रदेशका लागि राष्ट्रिय प्राविधिक लोकराज जोशी  र अन्य अतिथिहरुमा कैलाली जिल्ला क्रिकेट संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले आसन ग्रहण गरेका हुन।

कैलाली जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगितालाई मुख्यप्रायोजन धनगढीको चिरपरिचित शैक्षिक संस्था एडुपल नेपालले गर्नुकासाथै सह-प्रायोजक गोदावरी नगरपालिकाको मालिकार्जुन हार्डवेयरले गर्ने भएको छ भने प्लेयर अफ दी सिरिजको प्रायोजन धनगढी-२ का समाजसेवी व्यक्तित्व खम्बासिंह कुँवरले गर्नुकासाथै उत्कृष्ट ब्याटर र बलरको प्रायोजन पी एस टुर्स एण्ड ट्रावल्सले गर्ने भएको छ।प्रतियोगिता अवधिभर सञ्चालन हुने सम्पुर्ण खेलको प्लेयर अफ दी म्याचको प्रायोजन धनगढीको गुरुजी सर्टिङ्ग एण्ड सुर्टिङ्गले गर्ने प्रतियोगिता संयोजक एवं कैलाली जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विनोद लामाले जानकारी गराए। प्रथम एडुपल नेपाल सुपर सिक्स टिचर्स क्रिकेट प्रतियोगिता-२०८० को प्रथम पुरस्कर नगद बीस हजारसहित प्रमाणपत्र र मेडल तथा द्वितीय पुरस्कर नगद दस हजारसहित प्रमाणपत्र र मेडेल तोकिएको कैलाली जिल्ला क्रीकेट संघका सचिव देवनारायण झाले बताए।





थप समाचार

टी-२० विश्वकप : नेपाल रहेको समूहको पहिलो खेल आज

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा नेपाल रहेको समूह डी को पहिलो खेल आज हुदैछ […]

सुपर ओभरमा नामिबियाले ओमानलाई हरायो

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको तेस्रो खेलमा समूह बी को नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । वेस्ट […]

नामिबियाविरुद्ध ओमान १०९ रनमा अल आउट

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको तेस्रो खेलमा ओमानले नामिबियालाई जितका लागि १ सय १० रनको लक्ष्य दिएको छ । […]

ओमान पहिले ब्याटिङ गर्दै

काठमाडौं । नवौ संस्करणको टी-२० विश्वकपको तेस्रो खेलमा ओमानले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजको बारबाडोसमा भएको […]

पीएनजीमाथि वेस्ट इन्डिजको जित

काठमाडौं । वेस्ट इन्डिजले पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गर्दै नवौं सस्करणको टी-२० विश्वकपको सुरुआत गरेको छ । सहआयोजक […]

टी–१० क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामाको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका–६ नम्बर […]