बेंगलूरुको लगातार चौथो जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । रोयल च्यालेनजर्स बेंगलूरुले जारी १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार चौथो जित निकालेको छ ।

लगातार चौथो जित निकाल्नेक्रममा बेगलूर्रुले पञ्जाब किंग्सविरुद्ध जित निकाल्दै आईपीएलमा प्लेअफ सम्भावना कायम राखेको छ ।

पञ्जाबको घरेलु मैदान धर्मशालामा भएको खेलमा बेंगलूरुले ६० रनको जित दर्ता गरेको हो ।

बेंगलूरुले दिएको २ सय ४२ रनको लक्ष्य पछ्याएको पञ्जाब १७ ओभरमा १ सय ८१ रनमा अल आउट भयो ।

पञ्जाबका लागि राईली रूस्सोले २७ बलमा ९ चौका र ३ छक्का सहित ६१ रनको अर्धशतकीय ईनिङ खेले । शशांक सिंहले १९ बलमा ३७ रन जोडे । जोनी बेयस्टोले २७ तथा स्याम करनले २२ रन बनाए ।

बेंगलूरुका लागि मोहम्मद सिराजले ३ विकेट तथा स्वप्निल सिंह, लोकी फर्गुसन र करन शर्माले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलूरुले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर २ सय ४१ रनको विशाल योगफल खडा गरेको थियो ।

बेंगलूरुका लागि विराट कोहलीले ४७ बलमा ७ चौका र ६ छक्का सहित सर्वाधिक ९२ रन बनाए । रजत पतिदरले २३ बलमा ३ चौका र ६ छक्का सहित ५५ रन जोडे । क्यामरन ग्रीनले २७ बलमा ४६ रन जोडे ।

पञ्जाबका हर्षल पटेलले ३ तथा विधवथ काभेराप्पाले २ विकेट लिए । अर्शदिप सिंह र साम करनले समान १/१ विकेट लिए ।

१२ खेलमा ५ जितका साथ बेंगलूरु सातौं स्थानमा छ । पराजित पञ्जाब १२ खेलमा ८ अंक सहित नवौं स्थानमा छ । यस खेलमा पराजित भएसँगै पञ्जाब आईपीएलको यस संस्करणको लिग चरणबाट बाहिरिने दोस्रो टोली बनेको छ ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]