पञ्जाबमाथि चेन्नईको सहज जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को ५३ औं खेलमा चेन्नई सुपर किंग्सले पञ्जाब किंग्समाथि सहज जित निकालेको छ ।

पञ्जाबको घरेलु मैदान एचपीसीए क्रिकेट स्टेडियम धर्मशालामा चेन्नईले २८ रनको सहज जित निकाल्यो ।

चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको पञ्जाब २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउँन सक्यो ।

पञ्जाबका लागि ओपनर प्रभसिमरन सिंहले २३ बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए । शंशाक सिंहले २० बलमा ४ चौकाको सहयोगमा २७ रन बनाए । राहुल चाहरले १० बलमा १६ रन बनाए ।

चेन्नईका लागि रविन्द्र जडेजाले तीन तथा तुसार देशपान्डे र समरजीत सिंहले समान दुई विकेट लिए । शार्दुल ठाकुर र मिचेल स्यान्टेनरले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

चेन्नईका लागि रविन्द्र जडेजाले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । कप्तान ऋतुराज गायकवाडले २१ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३२ रन बनाए । ड्यारियल मिचेलले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३० रन बनाए ।

पञ्जाबका लागि राहुल चाहर र हर्षल पटेलले समान तीन तीन तथा अर्शदिप सिंहले दुई विकेट लिए ।

एघार खेलमा छ खेलमा जितका साथ चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । एघारौं खेलमा सात हारका साथ पञ्जाब आठौं स्थानमा कायमै छ ।

यस हारसँगै पञ्जाबको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]