डेब्यु बलमा आएको त्यो विकेट …

काठमाडौं । २०१४ मार्च १६ बंगलादेशमा रहेको जाहुर चौधरी क्रिकेट स्टेडियममा नेपालले पाँचौ संस्करणको टी-२० विश्वकपको पहिलो दिनमा नै आफ्नो डेब्यु खेल खेल्दै थियो । विपक्षीमा थियो हङकङ ।

हङकङ त्यै टोली थियो जसलाई चार महिना अघि युएईमा भएको विश्वकप छनोटको क्वार्टरफाइनलमा पराजित गर्दै नेपालले विश्वकपको ढोका खोलेको थियो ।

नेपालको विश्वकप डेब्यु खेल हेर्न सबै नेपाल तयार थियो । बंगलादेशको चिटगाउँमा हङकङले नेपालविरुद्ध टस जितेर बलिङको निर्णय लियो । नेपालले ब्याटिङमा मध्यम सुरुआत गर्यो । पहिलो विकेटका लागि ओपनरद्वय सागर पुन र सुवास खकुरेलले ४.४ ओभरमा ३६ रनको ओपनिङ साझेदारी गरे ।

३६ रनमा पहिलो विकेट गुमाएको नेपालले ३ बल पछि कुनै रन नथप्दै अर्का ओपनर खकुरेललाई गुमायो । पुन आउट भएपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्ल र खकुरेल आउट भएसँगै क्रिजमा आएका कप्तान पारस खड्काले तेस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए ।

त्यसपछिका ब्याटरले खास योगदान दिन नसक्दा नेपालले १ सय ४९ को मात्र योगफल तयार गर्न सक्यो । नेपालको ब्याटिङमा अवरोध खडा गर्ने क्रममा हसिब अमजादले तीन तथा नदिम अहमदले दुई विकेट लिए ।

१ सय ५० रनको लक्ष्यका साथ हङकङ जवाफी ब्याटिङ उत्रियो । नेपालका लागि कप्तान पारस खड्का पहिलो ओभरको बलिङ गर्न मैदानमा उत्रिए । लक्ष्य खास ठूलो नरहेकाले पहिलो बलबाट नै विपक्षीलाई दवावमा ल्याउनुपर्ने थियो ।

ओपनरका रुपमा क्रिजमा वाकस बर्कात र इर्फान अहमद रहेका थिए । पहिलो बलको सामनाका लागि अहमद तयार थिए । पहिलो बलबाट नै हङकङलाई दवावमा ल्याउन तयार नेपाली टोलीका कप्तान खड्काको बलमा अहमद विकेटकिपरको हातबाट क्याच हुन पुगे । यससँगै नेपालले विश्वकपको ईतिहासमा डेब्यु बलमा विकेट लिन सफल भएको थियो ।

नेपालले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य हङकङका लागि विशाल भइदिँदा १७ ओभरमा ६९ रन जोड्दै अल आउट भयो । र सो खेल नेपालले ८० रनले जितेको थियो । नेपालका लागि बसन्त रेग्मी र शक्ति गौचनले समान तीन तीन तथा सोमपाल कामीले दुई विकेट हात पारेका थिए ।

नेपालले विश्वकपको डेब्यु बलमा विकेट लिएर जितलाई सहज बनाएको थियो । दोस्रो पटक नेपालले दश बर्ष पछि आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने विश्वकप खेल्दै छ ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]