यु-१९ महिला क्रिकेट : ज्योत्सनिका मरासिनीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा गण्डकी प्रदेश लगातार चौथो जितसङ्गै फाइनलमा प्रवेश

लोकेश जोशी / धनगढी

मैयाँदेवी स्मृति राष्ट्रिय महिला यू १९ क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार चौथो जित निकालेको छ । गण्डकी प्रदेशले बुधबार भएको आफ्नो चौथो अर्थात पहिलो सेमिफाइनल खेलमा लुम्बिनी प्रदेशविरूद्ध ७ विकेटको फराकिलो जित निकाल्दै पहिलो सेमिफाइनल खेल जित्दै प्रतियोगिताको प्रवेश फाइनल गर्न पनि सफल भएको छ।

प्रतियोगिताको छैटौं दिनको पहिलो अर्थात पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले टस जितेर फिल्डिङ्ग गर्ने निर्णय लिदै लुम्बिनी प्रदेशलाई पहिला ब्याटिङको लागि मैदानमा निम्त्याएको हो। फलस्वरूप, खराब मौसमका निधारित २० ओभरको खेललाई १५ ओभरमा घटाइएको खेलमा लुम्बिनी प्रदेशले ६ विकेट गुमाउदै मात्र ८२ रन बनाउनसक्यो। ब्याटिङतर्फ, लुम्बिनी प्रदेशका लागि कप्तान आश्मा पुलामीमगरले सर्वाधिक ४२ रनको अविजित पारी खेल्नेक्रममा ४५ बल खेल्नुबाहेक अन्य ब्याटरले दोहोरो रन अंक छुन सकिनन। बलिङतर्फ, गण्डकी प्रदेशका लागि कुसुम गोदारले सर्वाधिक २ विकेट लिनेक्रममा ३ ओभर बलिङ गर्दै १२ रन खर्चँदा सीमाना केसीले पनि महत्त्वपूर्ण १ विकेट लिनेक्रममा ३ ओभर बलिङ गर्दै १९ रन खर्चिनपुगिन।

८३ रनको बिजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको गण्डकी प्रदेशले निर्धारित १५ ओभरको खेलमा १४.१ ओभर खेल्दै मात्र ३ विकेट गुमाउदै ८५ रन बनाउँदै खेल ७ विकेटले जित्न सफल हुँदै  प्रतियोगितामा लगातार चौथो  जितका साथ प्रथम मैय्यादेवी स्मृति यू-१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता-२०८० को फाइनलमा पनि पुग्न सफल भयो। ब्याटिङतर्फ, गण्डकी प्रदेशका लागि  ज्योत्सनिका मरासिनीले सर्वाधिक ३६ रनको अविजित पारी खेल्नेक्रममा ३६ बल खेल्दा सीमाना केसीले महत्त्वपूर्ण १९ रनको पारी खेल्नेक्रममा ३९ बल खेल्नपुगिन।बलिङतर्फ, लुम्बिनी प्रदेशका लागि सुश्मिता भुषाल,सरु तिवारी र दीपा कुँवरले समान १/१  विकेट लिनेक्रममा क्रमशः ३ ओभर बलिङ गर्दै १ मेडेनसहित १५ रन, ३ ओभर बलिङ गर्दै ११ रन तथा ३ ओभर बलिङ गर्दै १७ रन खर्चिए पनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकिनन।

प्रतियोगिताको छैटौं दिनको पहिलो अर्थात पहिलो सेमिफाइनल खेलमा प्लेयर अफ दी म्याच गण्डकी प्रदेशकि ज्योत्सनिका मरासिनी घोषित हुन सफल हुँदै नगद १७०० तथा आकर्षक ट्रफी हात पार्न पनि सफल भएकी छिन।

लोकतान्त्रिक खेलकुद संघ चितवनको आयोजना तथा नेपाल क्रिकेट संघको सहकार्यमा यहि माघ १२ गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका महिला यू-१९ टोलि सहभागी रहेका छन।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]