सातौ रास्ट्रिय खेलकुदमा क्रिकेटका उत्कृस्ट खेलाडीहरु

  • १७ पुष , विकेटनेपाल 

सातौ रास्ट्रिय क्रिकेटको पुरुषतर्फको स्वर्णपदक शशस्त्र प्रहरी बल ( एपीएफ ) ले जित्यो l नियमित प्रतिद्वन्द्वी नेपाल आर्मीलाई पराजित गर्दै एपीएफले उपाधि जित्दै आफुलाई अब्बल साबित गर्यो l

बिराटनगर बैजनाथपुरको नवनिर्मित क्रिकेट मैदानमा भएको पुरुष क्रिकेटतर्फको खेलहरुमा थुप्रै सम्झनलायक प्रदर्शनहरु भए l अधिकांश उत्कृस्ट प्रदर्शनहरुमा विभागीय टिमकै बर्चस्व रह्यो l

सातौ रास्ट्रिय खेलकुदमा ब्याटिंग तर्फ एपीएफका कप्तान समेत रहेका पारस खड्काले प्रतियोगिताभर सर्बाधिक कुल रन बनाए भने शतक प्रहार गर्ने पनि एक्लो खेलाडी बने l यस्तै बलिंगतर्फ नेपाल पुलिस क्लबका ललित भण्डारी सर्बाधिक विकेट लिने खेलाडी बने l

1495482_270564326425855_1141903299_n
ललित भण्डारी

पारस खड्काले प्रतियोगितामा खेलेको ५ खेलको ४ इनिंगमा ब्याटिंग गर्दै १८४ को औशतले १ शतक सहित १८४ रन बनाए l पारसले सुदुरपस्चिमान्चल बिरुद्ध अविजित १०५ रनको इनिंग खेलेका थिए l पारस पछि आर्मीका सागर पुनले ५ खलमा १५६ रन बनाउदै धेरै रन बनाउनेमा दोश्रो स्थानमा रहे भने नरेश बुढाएरले ५ खेलमा १५० रन बनाउदै तेश्रो स्थानमा रहे l

बलिंगतर्फ ललित भण्डारीले ५ खेलमा १८.३ ओभर बलिंग गर्दै ९५ न मात्रै दिएर १२ विकेट हात पारे l ललितले मध्यमान्चलसंग २ वटा खेलमा ३/३ विकेट तथा पस्चिमान्चल र पूर्वान्चल संग पनि ३/३ विकेट हात पारे l

यस्तै फाइनल खेलमा ४ विकेट लिंदै उत्कृस्ट बलिंग गरेका भुवन कार्कीले ५ खेलमा कुल १० विकेट हात पार्दै सर्बाधिक विकेट लिनेमा दोश्रो स्थानमा रहे l मध्यमान्चलका दायाँहाते तिब्र गति बलर रशिद खानल ५ खेलमा ९ विकेट लिंदै तेश्रो स्थानमा रहे l

सातौ रास्ट्रिय खेलकुदको सबै स्कोरकार्ड हरु हेर्न क्लिक गर्नुस 

हेर्नुस ब्याटिंग र बलिंगतर्फ सर्बाधिक विकेट लिने खेलाडीहरुको सुची l 

 

ब्याटिंगतर्फ 

 

# नाम क्लब खेल इंनिंग ५०/१०० कुल रन उत्कृस्ट
पारस खड्का एपीएफ -/१ १८४ १०५*
सागर पुन आर्मी १/- १५६ ५९
नरेश बुढाएर आर्मी १/- १५० ८१*
अनिल मण्डल आर्मी १/- १३९ ६२*
प्रदिप ऐरी एपीएफ -/- ११९ ४७
बिनोद भण्डारी आर्मी १/- ११९ ६७*
मन्जित श्रेष्ठ पुलिस -/- ११८ ४९*
जितेन्द्र ठकुरी मध्यमाञ्चल -/- ११२ ४४*
प्रनित थापा मध्यपस्चिमान्चल १/- १११ ५६*
१० आरिफ शेख पुलिस -/- १११ ४०


बलिंगतर्फ 

 

# नाम क्लब खेल विकेट उत्कृस्ट
ललित भण्डारी पुलिस १२ ३/१३
भुवन कार्की एपीएफ १० ४/११
रशिद खान मध्यमाञ्चल ५/१५
बसन्त रेग्मी एपीएफ ३/१०
बिक्रम सोब आर्मी ३/२८
करन केसी एपीएफ २/१०
फिर्दोश अन्सारी पूर्वान्चल ४/१७
चन्द्र साउद आर्मी २/२८
सोमपाल कामि आर्मी ३/२५
१० सागर पुन आर्मी २/२७

 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]