पस्चिमान्चल र मध्यपस्चिमाञ्चलको जित ( सातौ रास्ट्रिय )

सातौ रास्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको पाचौ दिनको खेलमा पस्चिमान्चल र मध्यपस्चिमाञ्चलले जित हात पारेका छन् l पस्चिमान्चलले पुर्वान्चललाई र मध्यपस्चिमाञ्चलले सुदूरपश्चिमान्चललाई पराजित गर्यो l

प्रतियोगिताको अंकतालिका 

बिराटनगर बैजनाथपुर मैदानमा मंगलबार बिहान सम्पन्न पहिलो खेलमा टस जितेर ब्याटिंग गर्दै सुदुरपश्चिमले दिएको १०० रनको लक्ष मध्यपश्चिमाञ्चलले १२.५ ओभरमा पुरा गर्यो l

कुहिरोको कारण खेल ढिलो सुरु भएपछि १५ ओभर झारिएको खेलको पहिलो इनिंगमा दिनेश आग्रीले अविजित ४० रन बनाएका थिए जसमा ४ छक्का सामेल थियो l मध्यपश्चिमाञ्चलका विजय चौधरीले २ विकेट हात पारे l

प्रतिउत्तरमा प्रनित थापाले अविजित ५६ रनको पारि खेल्दै मध्यपश्चिमाञ्चललाई सहज जितसम्म पुर्याएका थिए l थापाले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे l अनुपम सिंगले अविजित १६ रनको योगदान दिए l

कृष्ण कार्कीको विस्फोटक ब्याटिंग 

मंगलबार सम्पन्न दोश्रो खेलमा पस्चिमान्चलले पूर्वान्चललाई ५ रनको अन्तरले पराजित गर्यो l

टस जितेर ब्याटिंग गर्दै पस्चिमान्चलले २० ओभरमा ४ विकेट नोक्सानीमा १४३ रन बनायो l

कृष्ण कार्कीले २४ बलमा ५ छक्का र ३ चौका मदतले अविजित ५५ रनको इनिंग खेले l कप्तान अन्तिम थापाले ४१ रनको योगदान दिए l

१४४ रनको लक्ष पछ्याएको पूर्वान्चलको लागि ओपनर मेहबुब आलमले ४७ रनको इनिंग खेलेपनि जितको लागि पर्याप्त भएन l आलमले ३० बलमा ५ चौका र २ छक्का प्रहार गरे l

आलम बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य स्कोर गर्न नसक्दा १९.३ ओभरमा पुर्वान्चल टिम १३८ रनमै समेटियो l पस्चिमान्चल बलर अमृत गुरुङ, धिरज शाही, शाह आलम र लाल बहादुर अधिकारीले समान २ विकेट लिए l

पहिलो खेलको स्कोरकार्ड , दोश्रो खेलको स्कोरकार्ड  , अंकतालिका  , खेलतालिका 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]