विवादबीच महिला क्रिकेटको स्वर्णपदक पुर्वान्चललाई

२ विकेट साथमा रहंदा एपीएफलाई जितको लागि ९ बलमा १३ रन आवस्यक रहंदा रितु कनौजियाले प्रहार गरेको सटमा फिल्डर अप्सरा बेगमले क्याच मिस गरिन् l बाउन्ड्री नजिक क्याच मिस भएको बल चौका भए नभएको अम्पायरले फिल्डर अप्सरा बेगमलाई सोधे l पूर्वान्चल फिल्डर बेगमले चौका नभएको बताएपछि अम्पायरले चौका नभएको अन्तिम निर्णय दिए र एपीएफको खातामा २ रन मात्रै जोडियो l

त्यसपछि पुर्वान्चल बलर कविता गौतमले गरेको २ वटै बल वाइड भयो l उक्त घटनाको २ बल पछि एपीएफले उक्त बल चौका भएको र निर्णय सच्चिनुपर्ने दाबी गर्दै खेललाई निरन्तरता दिन मानेनन् l त्यसपछि अम्पायर आफ्नो निर्णयमा अडिक रहँदै एपीएफलाई खेलमा फर्कन गरेको आग्रह एपीएफले अश्विकार गर्यो l

त्यसपछि पनि एपीएफलाई आधा घण्टा खेलमा फर्कन समय दिईयो जुन समयमा पनि एपीएफले आफ्नो अडान नछोडेपछि म्याच रेफ्रीले पूर्वान्चललाई बिजेता घोषित गरे l

खेलको स्कोरकार्ड 

सातौ रास्ट्रिय क्रिकेट अन्तर्गत महिला क्रिकेटको फाइनलमा यसप्रकार पुर्वान्चलले स्वर्णपदक जितेको छ l

एपीएफलाई पूर्वान्चलले ६४ रनको लक्ष दिएको थियो र दोश्रो इनिंगमा खेल अत्यन्त प्रतिस्पर्धात्मक रहेको अवस्थामा उक्त घटना घटेको थियो l एपीएफको स्कोर ५९/८ ( १८.४ ओभर ) हुँदा खेल रोकिएको थियो l

खेलमा म्याच रेफ्रीको भूमिकामा रहेका अदिप प्रधानले खेलमा तेश्रो अम्पायर नभएको अवस्थामा नियमअनुसारनै सम्बन्धित फिल्डरलाई सोधेर निर्णय लिएको प्रतिक्रिया दिएका छन् l

खेलको स्कोरकार्ड हेर्नुस 

 

( सच्याइएको :  ९ बलमा ७ रन हैन ९ बलमा १३ रन l )

( फिचर फोटो : सुरज शाक्य )





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]