नेपालको उत्कृस्ट बलिंग, फाइनल पुग्न हंगकंगले दियो ८७ रनको लक्ष्य

एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत सेमीफाइनल खेलमा नेपालले हंगकंगसंग प्रतिस्पर्धा गरिरेको छ।

खेलमा टस जितेर ब्याटिंग गरेको हंगकंगले निर्धारित ३५ ओभर मध्ये ३२.२ ओभरमा ८६ रनमा सम्पूर्ण विकेट गुमाएपछि नेपालले ८७ रनको लक्ष्य पाएको छ।

हंगकंगलाई सानो योगफलमा सिमित गर्न नेपाली बलर निखिल कुमार सिंहले ४ विकेट लिए। ६.२ ओभरमा उनले १६ रन खर्चिए। यस्तै बिशाल कुमार पटेलले २ विकेट ( ४-०-१७-२ ) , रमेश कुर्मीले २ विकेट ( ७-२-१४-२ ) तथा तिलक राज भण्डारी ( ६-१-१६-१ ) ले १ विकेट लिए।

हंगकंगको लागि कप्तान आरुष भागवतले अविजित ४३ रन बनाए। उनले ८३ बलमा ४ चौका प्रहार गरे। लगातार विकेट गुमाए पनि आरुषले चौथो नम्बरमा ब्याटिंग गर्दै अन्तिमसम्म विकेट जोगाएका थिए। आरुष बाहेक अन्य कुनै हंगकंग ब्याट्सम्यानले दोश्रो अंकमा रन बनाउन सकेनन्।

नेपालले अतिरिक्त रनको रुपमा २० रन खर्चियो जसमा १६ वाइड थियो।

प्रतियोगिताको समुह चरणमा नेपाल समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो भने हंगकंग समुह ‘बि’ को उपविजेताको रुपमा।

अहिले जारि अर्को सेमी फाइनल खेलमा समुह ‘बि’ को विजेता सिंगापुर र समुह ‘ए’ को उप-विजेता मलेसियाले प्रतिसपर्धा गरिरहेका छन्। टस हारेर ब्याटिंग गरेको मलेसियाले यो समाचार तयार पार्दा सम्म ३१.४ ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाएको छ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन नेपालले २०१७ मा सिंगापुरलाई पराजित गर्दै उपाधि जितेको थियो।

खेलको फोटोहरु :- 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]