डिपिएल : दोश्रो क्वालिफायर अघि काठमाडौँलाई झट्का ! दबासलाई बलिंग गर्न प्रतिबन्ध

  • विकेटनेपाल, फाल्गुन-९ , बिहिबार 

धनगढीमा जारि धनगढी प्रिमियर लिग डिपीएलको तेश्रो संस्करण अन्तर्गत महत्वपूर्ण दोश्रो क्वालिफायर अघि ज्ञानेन्द्र मल्ल कप्तानीको टिम काठमाडौँ गोल्डेन्सलाई ठुलो झट्का लागेको छ।

टिमका महत्वपूर्ण विदेशी खेलाडी अंकित दबासलाई डिपिएल टेक्निकल कमिटिले बलिंग गर्न प्रतिबन्ध लगाएको छ।

प्रतियोगितामा काठमाडौँको लागि महत्वपूर्ण प्रदर्शन गर्ने क्रममा दबासले ५ खेलमा ६ विकेट लिईसकेका थिए भने अत्यन्त किफायती बलिंग समेत गरेका थिए। ५ खेलमा कुल २० ओभर बलिंग गरेका उनले ३.८५ प्रतिओभर रन खर्चेका थिए। यस क्रममा उनले सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडसंगको खेलमा २/२ विकेट लिएका थिए।

काठमाडौँ गोल्डेन्सले खेलेको २ वटा खेलमा मैदानमा रहेका अम्पायरहरुले उनको एक्सन संकास्पद पाएका थिए। संकास्पद बलिंग एक्सन पाईएपछि डिपीएलको टेक्निकल कमिटीले उनको बलिंगको भिडियो एनालाइसिस गरेका थिए जसमा उनको एक्सन अवैध रहेको पाईएको थियो।

आईसीसीको नियम अनुसार बलरले बलिङ्ग गर्दा हात १५ डिग्री भन्दा बढी बाङ्गो गर्न पाइदैन। खेलको दौरान यदी अम्पायरले कुनै बलरले १५ डिग्री भन्दा बढी हात बाङ्गो गरेको पाएमा रिपोर्ट गर्न पाउने नियम रहन्छ।

दबासले यसै कारण अब डिपीएलको आगामी खेलमा बलिंग गर्न पाउनेछैनन्।

यस अघि पनि ज्ञानेन्द्र मल्लको टिममा रहेका खेलाडी गौरभ तोमरलाई एभरेस्ट प्रिमियर लिगको दौरान यही आरोपमा बलिंग गर्न प्रतिबन्ध लगाईएको थियो जसपछि डिपीएलमा काठमाडौँ गोल्डेन्सबाट खेल्दा उनले बलिंग गरिरहेका छैनन्। ईपिएलमा तोमर ज्ञानेन्द्रको टिम ललितपुर प्याट्रियट्सको लागि खेलेका थिए।

दबासले प्रतियोगितामा काठमाडौँ गोल्डेन्सको राम्रो प्रदर्शनमा महत्वपूर्ण योगदान दिने क्रममा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, रुपन्देही च्यालेन्जर्ससंगको लिग खेलमा प्लेयर अफ द म्याच चुनिएका थिए। कुल ५ खेलमा उनले १५८ रन बनाएका छन् भने ६ विकेट समेत लिएका छन्। महेन्द्रनगर बिरुद्ध उनले अविजित ६५ रन बनाउनुको साथै २ विकेट समेत लिएका थिए भने रुपन्देही बिरुद्ध ४३ रन बनाएर १ विकेट समेत लिएका थिए।

भारतको प्रतिष्ठित प्रतियोगिता रणजी ट्रफी प्रतियोगिताको अनुभव बोकेका दबासले झारखण्डको प्रतिनिधित्व गर्ने गर्छन्।

जारि डिपीएलमा काठमाडौँ गोल्डेन्सले पहिलो क्वालीफायरमा सीवाईसीसंग पराजित भए पछि दोश्रो क्वालीफायरमा शुक्रबार महेन्द्रनगर युनाइटेडको सामना गर्दै छ जुन खेलको विजेता फाइनल प्रवेश गर्नेछ। सीवाईसी अत्तरिया यस अघिनै फाइनल प्रवेश गरिसकेको छ। फाइनल खेल शनिबार खेलिनेछ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]