डिपिएल-३: दबासको सानदार प्रदर्शन, काठमाण्डौको लागातर दोश्रो जित

काठमाडौं गोल्डेन्स १३४/५ (२० ओभर, अंकित दबास ६५*, योगेन्द्र कार्की २२*, रौटेला २/२२) बिरुद्द महेन्द्रनगर युनाइटेड १२७/८ (२० ओभर, रौटेला २८*, रशिद खान ३/१७, अंकित दबास २/२८) ७ रनले पराजित

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत तेस्रो दिनको पहिलो खेलमा काठमाण्डौ गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गरेको छ। काठमाण्डौको यो लगातार दोश्रो जित रहेको छ भने महेन्द्रनगरले लगातार दोश्रो हार व्यहोर्यो।

यसअघि काठमाण्डौले धनगढी स्टार्सलाई पराजित गरेको थियो भने महेन्द्रनगर रुपन्देहीसँग पराजित भएको थियो।

काठमाण्डौ गोल्डेन्सले दिएको १३५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको महेन्द्रनगर युनाइटेडले २० ओभरमा ८ विकेट गुमाएर १२७ रनमात्र बनाउन सक्यो।

महेन्द्रनगरले खराब सुरुवात गर्दै मात्र ७ रनको योगफलमा २ विकेट गुमाएको थियो। मोहम्मद नाभिद गोल्डेन डक हुँदा दिलिप नाथ १ रनमा आउट भए। त्यसपछि कप्तान शरद भेसावकर र आरिफ शेखले २५ रनको साझेदारी गरे। आरिफ १८ रनमा आउट भए।

चौथो विकेटको लागि शुब्रमन्यम आनन्द (१५ रन) ले शरदसँग मिलेर १९ रनको साझेदारी गरे। आरिफ १८ रन तथा शरद २३ रन बनाएर आउट भए। त्यसपछि रोहित पौडेल (१० रन) र कुशल मल्ल (६ रन) ले साझेदारी बनाउने प्रयास गरेपनि दुवै ब्याट्सम्यान ठुलो पारि खेल्न सकेनन।

महेन्द्रनगर १२.५ ओभरको समाप्तीमा ८६/७ को अवस्थामा पुगेको थियो। त्यसपछि सिद्धान्त लोहनी र अमरसिंह रौटेला मिलेर खेललाई अन्तिम ओभरसम्म पुर्याए। १९ औं ओभरको अन्तिम बलमा नन्दन यादवलाई रौटेलाले चौका प्रहार गरेपछि महेन्द्रनगरलाई अन्तिम ओभरमा जितका लागि १२ रनको आबश्यकता थियो।

अन्तिम ओभरको पहिलो बलमा नै लोहनी योगेन्द्र कार्कीको बलमा क्याच आउट भए। १८ बलको सामना गर्दै ९ रन बनाएका लोहनी आउट भएपछी खेल झन रोमान्चक बनेको थियो। दोश्रो र तेस्रो बलमा रौटेलाले लगातार २/२ रन लिएपछि त्यसपछि कुनैपनि रन निकाल्न नसक्दा खेलमा महेन्द्रनगर पराजित भयो।

बलिंगतर्फ रशिद खानले ३ विकेट लिन १७ रन खर्चिए भने अंकित दबासले पनि २ विकेट लिन २७ रन खर्चिए।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३४ रनको योगफल बनाएको थियो।

यो प्रतियोगिताकै सर्बाधिक ठुलो लक्ष्य हो। यसअघि प्रतियोगिताको उद्घाटन खेलमा धनगढी स्टार्सले बनाएको १३२ रन काठमाडौं गोल्डेन्सले पुरा गर्दै ४ विकेटको जित निकालेको थियो।

खराब सुरुवात गर्दै मात्र ७ रनको योगफलमा दुबै ओपनरलाई गुमायो। अनिल शाह ६ रन (४ बल, १ चौका) र गौरव तोमर १ रन (७ बल) बनाएर आउट भएका थिए।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लले अंकित दबाससँग मिलेर तेसो विकेटको लागि २९ रनको साझेदारी गर्दै स्कोर उकास्ने प्रयास गरे। मल्ल तेस्रो विकेटको रुपमा १४ रन (१८ बल, १ चौका) बनाएर आउट भए।

त्यसपछि आलमले पनि चौथो विकेटको रुपमा आउट हुनुभन्दा अगाडी १३ रन (१९ बल, २ चौका) हान्दै दबाससँग १९ रनको साझेदारी गरे। त्यसपछि आएका सोनु तामांगपनि लगत्तै १ रन (३ बल) मा आउट भए।

छैठौं विकेटको लागि योगेन्द्र कार्कीसँग मिलेर दबासले अन्तिम ७ ओभरमा ७६ रनको आक्रामक साझेदारी गरे। अन्तिम बलमा दुई रनको लागि दौडिएपनि अम्पाएरले मात्र १ रन पुरा गरेको निर्णय गरेका छन्।

अंकित ६५ रनमा अविजित रहे। मात्र ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका छन्। योगेन्द्र कार्कीले पनि राम्रो साथ दिए। कार्की १४ बलमा १ चौका र १ छक्काको मद्दतमा २२ रनमा अविजित रहे।

अंकित दबास प्लेयर अफ द म्याच घोषित भए।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]