लुम्बिनी खुकुरी फाइनलमा, अन्तिम थापाको उत्कृस्ट ब्याटिंग : रुपन्देही सुपर लिग

antim thapa
  • विकेटनेपाल-भैरहवा, २ फागुन

लुम्बिनी खुकुरी क्रिकेट क्लब, नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ।

सोमबार सम्पन्न पहिलो सेमिफाइनलमा वेष्टर्न क्रिकेट क्लब बुटवललाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै साबिक उप-बिजेता लुम्बिनी खुकुरी उपाधी नजिक पुगेको हो।

टस जितेर ब्याटिंग रोजेको लुम्बिनी खुकुरीले निर्धारित ४० ओभरको खेलमा ९ विकेट गुमाई २ सय २१ रनको योगफल तयार गरेको थियो। जसमा कप्तान अन्तिम थापाले आकर्षक ७३ रन बनाए भने सबिन शाक्यले ३५, बिजय सुनार २४, मान बहादुर थापाले १५ रनको योगदान दिए । वेस्टर्नका वीरेन्द्र सोमरे र बिक्रम भुषालले समान २-२ विकेट लिए।

प्रतिउत्तरमा वेस्टर्न ३० ओभर ३ बलमा १२९ रन बनाउँदै अलआउट भयो। वेस्टर्नकान भुवन पाण्डेले ३१, बिक्रम भुषाल २६, सौरभ खनाल २२ र देब खनालले १७ रन बनाए । वेस्टर्नलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी खुकुरीका शाह आलमले ४ , रोहित पौडेलले ३, दुर्गेश गुप्ताले २ विकेट लिएका थिए ।

खेलमा लुम्बिनी खुकरीका अन्तिम थापा म्यान अफ द म्याच हुँदै पुरस्कृत भए । लुम्बिनी खुकुरी गत वर्ष सुपरलिगको फाइनलमा होराईजनसंग पराजित भएको थियो।

दोश्रो सेमिफाईनल खेलमा मंगलबार श्री शिबशक्ति क्रिकेट क्लब भैरहवा र एपेक्स क्रिकेट क्लब शंकरनगर बीच प्रतिष्पर्धा हुने आयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए।

रुपन्देही क्रिकेट संघको आयोजना, नेपाल टेलिकमको प्रमुख प्रायोजन र बुम रेमिटको सहप्रायोजनमा जारी प्रतियोगिता फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका बिजेताले ५० हजार, उपबिजेताले २५ हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान दुबैले ५/५ हजार नगद पुरस्कार पाउने छन् ।





थप समाचार

टी-२० विश्वकप : नेपाल रहेको समूहको पहिलो खेल आज

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा नेपाल रहेको समूह डी को पहिलो खेल आज हुदैछ […]

सुपर ओभरमा नामिबियाले ओमानलाई हरायो

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको तेस्रो खेलमा समूह बी को नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । वेस्ट […]

नामिबियाविरुद्ध ओमान १०९ रनमा अल आउट

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपको तेस्रो खेलमा ओमानले नामिबियालाई जितका लागि १ सय १० रनको लक्ष्य दिएको छ । […]

ओमान पहिले ब्याटिङ गर्दै

काठमाडौं । नवौ संस्करणको टी-२० विश्वकपको तेस्रो खेलमा ओमानले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजको बारबाडोसमा भएको […]

पीएनजीमाथि वेस्ट इन्डिजको जित

काठमाडौं । वेस्ट इन्डिजले पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गर्दै नवौं सस्करणको टी-२० विश्वकपको सुरुआत गरेको छ । सहआयोजक […]

टी–१० क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामाको उपाधि वाइआरसिसि विराट ब्लास्टर्सले जितेको छ । विराटनगर महानगरपालिका–६ नम्बर […]