शशस्त्र प्रहरी र आर्मी स्वर्णपदकको लागि भिड्ने

Tribhuwan Army Club

बिराटनगरमा जारि सातौ रास्ट्रिय क्रिकेटको पुरुष क्रिकेटतर्फको स्वर्णपदकको लागि फाइनलमा शशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेभएको छ l

बिहिबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा शशस्त्र प्रहरी बल ( एपीएफ ) ले मध्यमान्चललाई ८ विकेटले पराजित गर्यो l यस्तै दोश्रो सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ८ विकेटलेनै पराजित गर्यो l

प्रतियोगिताको फाइनल खेल शुक्रबार १ बजे बैजनाथपुर मैदानमा संचालन हुनेछ भने बिहान ९ बजे नेपाल पुलिस क्लब र मध्यमान्चल तेश्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् l

एपीएफको सहज जित 

एपीएफले मध्यमान्चललाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो l ( स्कोरकार्ड )

टस जितेर पहिले ब्याटिंग रोजेको मध्यमाञ्चलले पहिले इनिंगमा १७.५ ओभरमा सबै विकेट गुमाउदै ६१ रन मात्रै बनाउन सक्यो l प्रतिउत्तरमा एपीएफले ९.३ ओभरमा लक्ष पुरा गर्यो l

मध्यमान्चलका हरिशंकर शाहले सर्बाधिक २१ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् l एपीएफ बलर करन केसी र बसन्त रेग्मीले २/२ विकेट हात पारे l

ब्याटिंगतर्फ एपीएफका प्रदिप ऐरीले अविजित ३३ रन बनाए भने पृथु बास्कोटाले अविजित ९ रन l सुबास खकुरेलले २ र आसिफ शेखले ८ रन बनाए l

आर्मी सामु पुलिस कमजोर 

बिहिबारनै सम्पन्न दोश्रो सेमिफाइनलमा पुलिस क्लबलाई आर्मीले ८ विकेटलेनै पराजित गर्यो l टस जितेर ब्याटिंग गरेको पुलिसले २० ओभरमा सम्पूर्ण विकेट गुमाउदै १४४ रन बनायो l ( स्कोरकार्ड )

पुलिसको लागि आरिफ शेखले ३५ र दिलिप नाथले ३२ रनको योगदान दिए l सोमपाल कामिले सर्बाधिक ३ तथा बिक्रम सोब र चन्द्र साउदले २/२ विकेट हात पारे l

१४५ रनको लक्ष आर्मीले १८.३ ओभरमा पुरा गर्यो l अनि मण्डलले अविजित सर्बाधिक ६२ तथा सागर पुनले अब्जित ५९ रन बनाए l

 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]