“व्यक्तिगत प्रदर्शन भन्दा टिमको जित महत्वपूर्ण” सन्दिप लामिछाने

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-२० मा विजयी सुरुवात गरेपछि काठमाडौँ किंग्स-११ का कप्तान सन्दिप लामिछानेले व्यक्तिगत प्रदर्शन भन्दा टिम जित्नु महत्वपूर्ण रहेको प्रतिक्रिया दिएका छन्। खेलमा किंग्स-११ ले डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्सलाई ७ विकेटले पराजित गर्यो।

जितपछि मिडियासंग कुराकानीमा सन्दिपले जितको श्रेय रायन बर्ल लगायत टिमलाईनै दिए – “मैले टसको बेलामानै भएको थिएँ कि १५७ पछ्याउन लायक लक्ष्य थियो किनकि यो विकेटमा लामो समय खेलेको अनुभव छ। जुन तरिकाले रायनले अन्त्य गर्यो र अन्तिममा राजु रिजालको योगदान पनि महत्वपूर्ण थियो। यो टिम एफर्ट थियो।”

खेलमा किंग्स-११ का ब्याट्सम्यान रायन बर्लले मात्र ३४ बलमा ३ चौका र ७ छक्का मद्दतले अविजित ७३ रन तथा ओपनर रहमनुल्लाह गुर्बजले ३६ बलमा ४ चौका र ४ छक्का मद्दतए ५९ रन बनाए। गुर्बजले ब्याटिंग गर्दा आफ्नो टिमले देब्रे हाते स्पिनर आएपछि आक्रमण गर्ने योजना बुनेको जुन बर्लले लागु पनि गरेको बताए। बर्लले ललित राजबंशीले गरेको एकै ओभरमा ३ छक्का र १ चौका मद्दतले २८ रन बनाएका थिए।

“गुर्बजले जसरि इनिंग्स सुरुवात गर्यो त्यसपछि हाम्रो योजना थियो कि देब्रे हाते स्पिनर आए पछि आक्रमण गर्ने योजना थियो। त्यो एउटा ओभरले पुरै खेल परिवर्तन गर्यो। सुरुमा धैर्यता गरेर उनले पछि आक्रमण जसरि गरेर खेल अन्त्य गरे उनलाई श्रेय जान्छ त्यसैकारण उनि प्लेयर अफ द म्याच चुनिए।” उनले बताए।

खेलमा सन्दिप र विश्वचर्चित पाकिस्तानी लेग स्पिनर शाहिद अफ्रिदी भने विकेटविहिन रहे। अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चदा सन्दिपले ४ ओभरमा ४४ रन खर्चिए। उनले स्पिनरलाई खेलमा बलिंग गर्न गाह्रो भएको बताए – “सुरुमा विकेट थोरै रोकिएको थियो, पानि परेपछि विकेट चिप्लो हुन थाल्यो जसले ब्याटमा बल राम्ररी आउन थाल्यो। आज स्पिनरको लागि बलिंग गर्न सजिलो दिन थिएन। पानिले गर्दा स्पिनरलाई गाह्रो भएको थियो र बल समाप्त पनि गार्हो भएको थियो।”

खेलपछि सन्दिप लामिछाने रायन बर्लसंग

उनले व्यक्तिगत प्रदर्शन भन्दा टिम जित्नु महत्वपूर्ण भएको बताए –  “मेरो लागि टिम जित्नु महत्वपूर्ण कुरा हो। मैले विकेट लिएर पनि टिमले जित्दैन भने र नलिदा पनि मैले अन्य कुरामा योगदान दिएर टिमले जित्छ भने त्यो महत्वपूर्ण हो। कहिले विकेट पाइन्छ कहिले पाइदैन, यस्तो हुने गर्छ , आज काम गरेन तर टिमको जितमा खुसि छु।”

उनले अफ्रिदी टिममा हुँदा धेरै सिक्न पाएको बताए – “वहाँको अनुभव हामीलाई निकै महत्वपूर्ण छ। हामी सिक्ने क्रममा छौँ त्यसैले वहाँबाट जति सिक्न सक्यौं त्यो हामीले लिन प्रयास गर्नेछौँ। उनि टिममा हुनुले धेरै फरक हुन्छ किनकि वहाँले धेरै वर्ष क्रिकेटमा बिताउनु भएको छ। अफ्रिदी खेल्नु निकै ठूलो कुरा हो , उनि आएर खेल्नु नेपाली क्रिकेट र ईपीएलको लागि ठूलो भएको हो।”

खेलमा ब्याटिंगमा सुबास खकुरेल र अमित श्रेष्ठले रन नबनाएता पनि बलिंगमा बिक्रम सोब र गुल्सन झाले राम्रो गर्नु सकारात्मक पक्ष रहेको बताए – “सुरुवातमा सुबासलाई जुन योजनाले पठाएको थियो त्यो लागु हुन सकेन। अमित श्रेष्ठ, सिद्धान्त लोहनी जस्ता ब्याट्सम्यान छन्। हाम्रो टिममा क्षमता छ। खेलमा धेरै सकारात्मक पक्ष छन्। दुई जना ब्याट्सम्यान रन आउट हुनु भयो त्यसपछि राजु रिजालले सिंगल डबल लिएर खेल लिएर जानु भयो। जसरि गुल्सन र जितेन्द्रले बलिंग गरे त्यो तारिफयोग्य थियो।” जितेन्द्रले टिमको लागि सर्वाधिक ४ तथा गुल्सनले २ विकेट लिएका थिए।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]