अस्ट्रेलियामा अम्पायरिंग भविष्य खोज्दै बिनित

काठमाडौँ गौरीघाटका ३१ वर्षीय बिनित पौडेल पाँच वर्ष अघि देखि अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएका छन्। मेकानिकल इन्जिनियर पौडेल अस्ट्रेलिया पुग्ने आम नेपालीहरु भन्दा फरक परिचय बनाउने उद्देश्य राख्छन्।

पौडेल अस्ट्रेलिया न्यु साउथ वेल्सको रजिस्टर्ड अम्पायर हुन्। दुई वर्ष अघि न्यु साउथ वेल्स अम्पायर्स एण्ड स्कोरर्स एसोसिएसनमा दर्ता भएका उनले दुई सिजन त्यहाँको न्यु साउथ वेल्स प्रिमियर क्रिकेटमा अम्पायरिंग गरिसकेका छन्। यस्तै उनले मेट्रोपोलिटियन कप समेत गरि एसोसिएसनको १५ खेल खेलाइसकेका छन्।

सन् १९९६ को विश्वकप देखि नजिकबाट क्रिकेटलाई पछ्याउदै आएका उनि भारतको राजस्थानमा इन्जिनियरिंग अध्ययन गर्दा खेलसंग अझ नजिक भए। अस्ट्रेलिया पुगेर नेपाली समुदाय स्तरको खेलहरुमा अम्पायरिंग सुरु गरेका पौडेलले सन् २०२० मा क्रिकेट अस्ट्रेलियाबाट लेभल-१ र लेभल-२ अम्पायरिंग तालिम उत्तीर्ण गरे। त्यति मात्रै हैन उनले सोहि वर्ष क्रिकेट प्रशिक्षकको लेभल-१ समेत उत्तीर्ण गर्न सफल भए। उनिसंग न्यु साउथ वेल्सको ग्रेड क्रिकेट र प्रथम श्रेणी क्रिकेट खेलाउने मान्यता छ। यस्तै उनि प्रशिक्षकको लेभल -१ तालिम समेत उत्तीर्ण गरिसकेका छन्।

कोभिड-१९ महामारी उत्कर्षमा रहंदा २०२० मा पौडेलले नियमित जागिर गुमाए। विदेशी भूमिमा फुर्सदिलो रहँदा उनले उक्त समय आफ्नो प्रिय खेलसंग नजिक हुन उपयोग गर्ने निर्णय लिए। सोहि समयमा उनले क्रिकेट अस्ट्रेलियाको इन्ट्रडक्सन टु क्रिकेट हुँदै प्रशिक्षण र अम्पायरिंग तालिम पुरा गरे। सेप्टेम्बर २०२० मा लेभल-१ अम्पायरिंग तालिम उत्तीर्ण गरेको दुई सातामा उनलाई लेभल-२ तालिमको प्रस्ताव आयो। लगत्तै अर्को महिना अक्टोबरमा उनले लेभल-२ तालिम समेत उत्तीर्ण गर्न सफल भए।

२०२० को अन्तिममा उनले न्यु साउथ वेल्स प्रिमियर क्रिकेटमा अम्पायरिंग डेब्यु गर्ने अवसर पाए। पहिलो खेल खेलाउन उत्साहको साथै नर्भस उनलाई अनुभवी अर्का स्थानीय अम्पायरले साथ र हौसला दिए। पहिलो आधा घण्टा दबाबमा बिताएका उनलाई ड्रिंक्स ब्रेकमा साथी अम्पायरले शान्त पारे। खेलकै दौरान अर्को इन्डमा साथी अम्पायरले गल्ति गरेको देखे पछि भने उनको डर कम भयो। पहिलो खेलपछि भने पौडेलको आत्मविश्वास दिनप्रतिदिन बढ्न थाल्यो। सुरुवातमा खेल सकिएपछि कप्तानहरुले आफूलाई ५ अंक मध्ये २, २.५ सम्म मुल्यांकन अंक दिने गरेता पनि  पछिल्लो समय ४ र ४.५ सम्म अंक पाउँदै आएका छन्।

स्तरीय खेलमा अम्पायरिंग गर्नु चुनौतिपूर्ण रहने गर्छ जुन क्रममा हरेक पल चनाखो रहनुपर्छ। प्रिमियर क्रिकेटको क्रममा एउटा घटनाले उनलाई अझ चनाखो बनाउने गर्छ। अस्ट्रेलियाको लागि ७४ टेस्ट खेलेका ब्याट्सम्यान माइकल स्लेटरका छोरा ज्याक स्लेटर क्रिजमा थिए। ज्याकले प्रहार गरेको सट ब्याटक किनारा लाग्दै विकेटकिपरले क्याच गरे। कट बिहाईन्डको अपिल गरेपछि उनले निर्णय दिन ढिलाई गरे। बललाई किपरले समातेको स्पस्ट नदेख्दा उनले उक्त निर्णय लिन लेग अम्पायरको सहायता लिए। तर ज्याकले निर्णय दिन थोरै ढिला गरेको भन्दै मैदानमा उनलाई नकारात्मक प्रतिक्रिया दिए। ज्याकले बलमा किनारा लागेको या नलागेको थाहा नभएकाले निर्णय दिन ढिला गरेको सोचेता पनि बास्तविकता त्यो थिएन। अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरलाई प्रविधिको साथ भएता पनि स्थानीय स्तरमा प्रविधि नहुँदा अफ्टेरो पर्ने उनको धारणा छ।

अम्पायरिंग जस पाउने पेशा पक्कै हैन तर पनि पौडेललाई आफ्नो काममा चित्त दुखाइ छैन। सातामा ५ दिन कार्यालय र बाँकी रहेको दुई दिन उनि अम्पायरिंग गर्ने गर्छन्। सातै दिनको व्यस्तता र थकानका बाबजुद उनि समय व्यवस्थापन गर्न सक्षम छन्। अम्पायरिंग प्रतिको लगाव र खेल प्रतिको मायाले मात्र यो सम्भव भएको हो। स्थानीय नेपाली समुदायमा बढेको सम्बन्ध र सम्मानले उनलाई अझ अघि बढ्ने हौसला प्रदान गरेको छ।

दिन प्रतिदिन आफूलाई उत्कृस्ट अम्पायर बनाउन लागि परेका उनि स्थानीय स्तरको खेलहरुमा सिमित हुन चाहँदैनन्। उनको उद्देश्य अब फुल टाइम अम्पायरिंगमा आबद्ध हुने र अस्ट्रेलियाको माथिल्लो श्रेणीको क्रिकेट हुँदै बिग ब्यास लिग र अन्तर्राष्ट्रिय खेल खेलाउदै देशको नाम उँचो पार्ने छ। आफ्नो उद्देश्य प्राप्ति गर्न अझै कठिन मेहनत, निरन्तरता र चुनौतिहरु पार गर्नुपर्ने उनलाई अवगत छ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]