नेत्रहीन महिला क्रिकेट: नेपालसँग पाकिस्तान १० विकेटले पराजित

  • विकेटनेपाल, माघ १५ – मंगलबार

पाकिस्तानमा आजदेखि सुरु भएको नेपाल र पाकिस्तानबीचको नेत्रहीन महिला क्रिकेट सिरिज अन्तर्गत नेपालले १० विकेटको जित दर्ता गरेको छ। नेत्रहीन महिला क्रिकेट अन्तर्गत भएको हो पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त सिरिज समेत हो जसमा ५ टि-२० खेलहरु समाबेश छन्।

लाहोरको किन्नार्ड मैदानमा भएको खेलमा नेपालले पाकिस्तानले दिएको ५४ रनको विजयी लक्ष्य मात्र ५ ओभरमा कुनै विकेट नगुमाई पुरा गर्यो। नेपालको लागि बिनिता पुनले अविजित २८ तथा मनकेशरी चौधरीले अविजित १९ रनको पारि खेलेका थिए।

Blind women cricket team nepal
नेपाल नेत्रहीन महिला क्रिकेट टिम

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको घरेलु टिमले निर्धारित २० ओभरको खेलमा मात्र ११.३ ओभरमा सबै विकेट गुमाउँदै ५३ रन मात्र बनाउन सक्यो। उसका लागि किरणले ९ रन तथा निम्राले अविजित ६ रन बनाउदा अन्य ८ खेलाडी रनआउटको शिकार भए। सरिता घिमिरे र कप्तान भगवती भट्टराईको नाममा १/१ विकेट रह्यो।

Pakistan blind women cricket team
पाकिस्तान नेत्रहीन महिला क्रिकेट टिम

नेपालको ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलमा भ्यालुएबल खेलाडी बिनिता पुन भईन भने प्लेअर अफ द म्याच घोषितसरिता घिमिरे भईन।

खेलमा उत्कृस्ट प्रदर्शन गर्ने खेलाडीलाई नेत्रहीन क्रिकेट परिषद्, पाकिस्तानका अध्यक्ष सईद सुल्तान शाह र नेत्रहीन क्रिकेट संघ, नेपालका अध्यक्ष पवन घिमिरेले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए।

sarita ghimire blind women cricketer nepal
भ्यालुएबल प्लेयर सरिता घिमिरे

 

Binita Pun blind women cricketer nepal
प्लेयर अफ द म्याच बिनिता पुन

नेपाल र पाकिस्तान नेत्रहीन महिला क्रिकेट सिरिजको दोश्रो र तेस्रो टि-२० जनवरी ३१ र फेब्रुअरी १ तारिखमा फैसलाबादमा खेलिनेछ। त्यस्तै चौथो र पाचौं खेल क्रमश फेब्रुअरी ३ र फेब्रुअरी ४ तारिखमा इस्लामावादमा हुनेछन।

(समाचार र तस्बिर श्रोत: नेत्रहीन क्रिकेट परिषद्, पाकिस्तान)





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]