IPL : रोमान्चक खेलमा चेन्नाईद्वारा कोलकाता २ विकेटले पराजित

रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गर्दै चेन्नाई सुपर किंग्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ।

शेख जायद स्टेडियम, अबुधाबीमा सम्पन्न खेलमा कोलकाताले दिएको १७२ रनको लक्ष्य चेन्नाईले ८ विकेट क्षेतीमा अन्तिम बलमा भेटायो। चेन्नाईको लागि फाफ डु प्लेसिसले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३० बलमा ७ चौका प्रहार गरे। रुतुराज गायकवाडले २८ बलमा २ चौका र ३ छक्का मद्दतले ४० रन बनाए। मोईन अलिले २८ बलमा २ चौका र १ छक्का मद्दतले ३२ रन बनाए भने रभीन्द्र जडेजाले ८ बलमा २ चौका र २ छक्का मद्दतले २२ रन बनाउदै जितमा अहम योगदान दिए। सुरेश रैनाले ११, अम्बाती रायडुले ९ रन बनाए भने धोनीले १ रन मात्र बनाउन सके।

लक्ष्य पछ्याउने क्रममा चेन्नाईको सुरुवात राम्रो रह्यो। ओपनर रुतुराज गायकवाड र फाफ डु प्लेसीसले ७४ रनको साझेदारी गरे। नवौं ओभरमा गायकवाडलाई आन्द्रे रसेलले क्याच आउट गरे जसपछि डु प्लेसीले मोईन अलिसंग २८ रन जोडे। त्यसपछि चेन्नाईले लगातार विकेट गुमायो। डु प्लेसीलाई १२ औं ओभरमा प्रसिध कृष्णाले क्याच आउट गराए भने सुनिल नारायणले अम्बाती रायडुलाई बोल्ड गरे। मोईन अलिलाई लकी फर्गुसनले क्याच आउट गराए। लगत्तै १८ औं ओभरमा सुरेश रैना रन आउट तथा धोनी वरुण चक्रवर्तीबाट बोल्ड हुन पुगे। फलस्वरुप १०२/१ को अवस्थाबाट चेन्नाई १४२/६ को अवस्थामा पुग्यो।

अन्तिम २ ओभरमा जित्न २६ रन आवस्यक हुँदा रभीन्द्र जडेजाले प्रसिध कृष्णाको ओभरको अन्तिम ४ बलमा लगातार २ छक्का र २ चौका प्रहार गरे। अन्तिम ओभरमा जित्न ४ रन आवस्यक रहंदा पहिलो बलमा सुनिल नारायणले स्याम करनको विकेट लिए। त्यसपछि दोश्रो बल डट भएपछि तेश्रो बलमा शार्दुल ठाकुरले ३ रन लिए। ३ बलमा जित्न १ रन आवस्यक हुँदा चौथों बलमा जडेजाले रन बनाउन सकेनन्। पाँचौ बलमा जडेजालाई एलबिडब्लु गर्दै नारायणले खेलमा रोमान्चकता ल्याए। अन्तिम बलमा १ रन आवस्यक हुँदा दिपक चाहरले मिड विकेटतर्फ १ रन बनाउदै रोमान्चक जित दिलाए।

कोलकाताको बलिंगमा सुनिल नारायणले सर्वाधिक ३ विकेट ( ४-०-४१-३ ) लिए भने प्रसिध कृष्णा, लकी फर्गुसन, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १७१ रन बनाएको थियो।

कोलकाताको ब्याटिंगमा राहुल त्रिपाठीले सर्वाधिक ४५ रन बनाए जुन क्रममा ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै नितिश रानाले २७ बलमा ३ चौका र १ छक्का मद्दतले ३७ रन, दिनेश कार्तिकले ११ बलमा ३ चौका र १ छक्का मद्दतले २६ रन तथा आन्द्रे रसेलले १५ बलमा २ चौका र १ छक्का मद्दतले २० रन बनाए।

चेन्नाईको बलिंगमा जोश हेजलवुड ( ४-०-४०-२ ) र शार्दुल ठाकुरले ( ४-१-२०-२ ) ले समान २ विकेट तथा रभीन्द्र जडेजाले १ विकेट ( ४-०-२१-१ ) लिए।

जितपछि लिग अंकतालिकामा चेन्नाई १० खेलमा ८ जित र २ हार बेहोर्दै १६ अंक सहित पहिलो स्थानमा उक्लेको छ। समान जित र हार पछि १६ अंकनै रहेको दिल्ली नेट रन रेटमा पछि पर्दै दोश्रो स्थानमा रहेको छ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]