EPL : बिराटनगर बिरुद्ध अन्तिम बलमा चितवनको जित

चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा चितवन टाइगर्सले बिराटनगर वारियर्सलाई २ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

टियु मैदान कीर्तिपुरमा बिराटनगर वारियर्सले दिएको १५२ रनको लक्ष्य चितवन टाइगर्सले ८ विकेट गुमाएर अन्तिम बलमा भेटायो। चितवनको ब्याटिंगमा राजेश पुलामीले सर्वाधिक ४३ रन बनाए जुन क्रममा अविजित रहेका उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे। भिम शार्कीले ११ बलमा ५ चौका र १ छक्का मद्दतले ३० रन, दिलिप नाथले २३ रन तथा करिम जनतले १९ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा चितवनका ओपनर मोहम्मद शाहजाद दोश्रो ओभरमा प्रतिश जिसीबाट विकेटपछाडी समातिए। त्यसपछि १० रन बनाएका इशान पाण्डेलाई सिकन्दर रजाले एलबिडब्लु पारे। त्यसपछि भिम शार्कीले आक्रामक सटहरु खेल्दै पावरप्लेको फाइदा उठाए। छैठौं ओभरमा शार्कीलाई करन केसीले विकेटपछाडी क्याच आउट गराए। राम्रो सुरुवात पाएपछि दिलिप नाथपनि नवौं ओभरमा सिकन्दर राजाबाट क्याच आउट भए। त्यसपछि राजेश पुलामीले करीम जनतसंग ३२ रनको साझेदारी गरे। १४ औं ओभरमा जनतलाई रायन पठानले क्याच आउट गराए। त्यसपछि पुलामी र कप्तान सोमपाल कामि बीच ३१ रनको साझेदारी भयो। १८ औं ओभरमा सोमपाललाई करन केसीले क्याच आउट गराएपछि सेक्कुगे प्रशन्ना रन आउट हुँदा चितवन दबाबमा आयो।

अन्तिम ओभरमा जित्न २ रन आवस्यक हुँदा देब्रे हाते स्पिनर अनिल खरेलले पहिलो बलमै कमल ऐरीलाई बोल्ड गरे। त्यसपछि दोश्रो बलमामा रन बनाउन नसकेका शाहब आलमले तेश्रो बलमा १ रन लिए। त्यसपछि राजेश पुलामीले लगातार २ बलमा रन बनाउन सकेनन्। अन्तिम बलमा १ रन आवस्यक हुँदा पुलामीले कभरमा चौका प्रहार गर्दै टिमलाई जित दिलाए।

बिराटनगरको बलिंगमा सिकन्दर राजा ( ४-०-३४-२ ) र करन केसी ( ४-०-३०-२ ) ले समान २ विकेट तथा प्रतिश जिसी ( ४-०-२१-१ ) , अनिल खरेल ( ३-०-१९-१ ) र रायन पठान ( ३-०-२१-१ ) ले समान १ विकेट लिए।

सिकन्दर राजाले अर्धशतक बनाए

यस अघि टस हारेर ब्याटिंग गरेको बिराटनगरले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १५१ रन बनाएको थियो।

बिराटनगरको लागि जिम्बाब्वेका ब्याट्सम्यान सिकन्दर रजाले सर्वाधिक ६७ रन बनाए जुन क्रममा २ चौका र ७ छक्का प्रहार गरे। यस्तै अनिल शाहले ३१ बलमा ३ चौका र १ छक्का मद्दतले ३२ रन बनाए। सौरभ खनालले अविजित ३० रन बनाए जुन क्रममा १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

खराब सुरुवात गरेको चितवनले पहिलो ३ विकेट ९ रनको योगफलमै गुमाउन पुगेको थियो। पहिलो ओभरमै सोमपाल कामिले आसिफ शेख र रायन पठानको विकेट लिए भने लगत्तै ओभरमा चन्द्रपौल हेमराजलाई कमल ऐरीले बोल्ड गरे। तेश्रो विकेटको लागि सिकन्दर रजा र अनिल शाहले ६१ रनको महत्वपूर्ण साझेदारी गरे। एघारौं ओभरमा अनिललाई सगर ढकालले बोल्ड गर्दै साझेदारी तोडे। लगत्तै ओभरमा कप्तान करन केसीलाई शाहब आलमले विकेटपछाडी क्याच आउट गराए। त्यसपछि रजा र सौरभ खनालले ४७ रनको साझेदारी गरे। १८ औं ओभरमा राजालाई कमलले क्याच आउट गराए। त्यसपछि सौरभले अन्तिमसम्म ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन्। इनिंग्सको अन्तिम ५ ओभरमा बिराटनगरले ५२ रन बनाउन सक्यो।

चितवनको बलिंगमा करिम जनत ( ४-०-३२-२ ), कमल ऐरी ( ४-०-१९-२ ), सागर ढकाल ( ३-०-१४-२ ) र सोमपाल कामिले ( ४-०-३४-२ ) समान २ विकेट तथा र शाहब आलमले १ विकेट ( ४-०-३३-१ ) लिए।

खेलको प्लेयर अफ द म्याच चितवनका फस्ट बलर कमल सिंह ऐरी चुनिए।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]