रुपन्देही सुपर लिग: बिकाश श्रेष्ठको ५ विकेटमा देवदह सेमिफाइनलमा

भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा लिग चरण अन्तर्गत सोमबार भएको समूह (बि) को खेलमा देवदह क्रिकेट युनिट देवदहले साई ग्लोबल क्रिकेट क्लब भैरहवालाई ६१ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । हारसँगै साई ग्लोबल भने रेलिगेशनमा परी डिभिजन ‘बि’ मा घटुवा भएको छ ।

स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा ३० ओभर ५ बल खेल्दै सबै विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार गरेको थियो । उसका लागि हरिबहादुर चौहानले १८ र राजेश लम्सालले १५ रनको योगदान दिए । उसले अतिरिक्त २४ रन पायो । बलिङमा साई ग्लोबलका दुर्गेश कुर्मीले ५ तथा इमरान पठानले ३ विकेट लिए ।

प्रतिउत्तरमा १ सय २३ रनको सामान्य लक्ष्य पाएको साई ग्लोबलले २३ ओभरमा सबै विकेट गुमाई जम्मा ६८ रन मात्रै बनाउन सक्यो । उसका लागि आशुतोष पासवानले २४ र इमरान पठानले १७ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्दा टिमले लक्ष्य भेट्टाउन सकेन र हार व्यहोर्यो । उसलाई सस्तैमा समेट्ने क्रममा बलिङमा म्यान अफ द म्याच समेत रहेका देवदहका विकाश श्रेष्ठले ५ विकेट लिए । यस्तै हरिबहादुर चौहानले २ विकेट लिए ।

मंगलबार समूह (सि) मा रहेका एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवा र न्यू होराइजन क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]