डिपिएलमा राम्रो खेल्ने १४ युवा खेलाडी दक्षिण अफ्रीका जाने

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा उत्कृस्ट प्रदर्शन गर्ने १४ जना यु-१९ खेलाडीहरुले दक्षिण अफ्रिकामा भ्रमण गर्ने अवसर पाउने भएका छन्।

आयोजक धनगढी क्रिकेट एकेडमीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यू–१९ खेलाडी सम्मलित टिम डीपीएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रिकाको भ्रमण गर्ने जानकारी दिएको हो।

डिपिएलले स्पोर्ट्स एडसँगको सहकार्यमा डिपिएल इमार्जिंग स्टार्स नाम दिएको कार्यक्रममा १४ जना खेलाडीलाई दक्षिण अफ्रिकाको भ्रमण गराउने जनाएको छ। कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको कार्यक्रममा खेलाडीसँग कुनैपनि पैसा नउठाउने र सम्पूर्ण खर्च आयोजक डिपिएलले गर्ने डिसिएका अध्यक्ष सुबास शाहीले बताए।

डीपीएल इमर्जिङ स्टार्सले दशैँपछि दुई साताको लागि दक्षिण अफ्रीकाको भ्रमण गर्नेछ। डीपीएल इमर्जिङ स्टार्सले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसंग ५० ओभर र २ दिवसिय क्रिकेट खेल्नेछ । दक्षिण अफ्रिका भ्रमणको लागि आगामी आईतबार ईमर्जिङ स्टार्स टोलीको घोषणा गरिने आयोजकले जनाएको छ।

खेलाडीको प्रदर्शन र उमेर हेरेर टोलीको छनोट गरिने भएको छ । आगामी यु१९ विश्वकप दक्षिण अफ्रिकामा नै हुन लागेको ले युवा खेलाडीहरुलाई यू–१९ विश्वकप क्रिकेटको तयारी समेत हुन सक्ने स्पोर्ट्स एडका प्रमुख अविशेक केसीले बताए ।

डिपिएलको तेस्रो संस्करणमा दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर जोण्टी रोड्स सिवाइसी अत्तरियाका मेन्टर तथा प्रतियोगिताका सद्भावना दूत रहेका छन्। यस्तै दक्षिण अफिकाकै क्रिकेटर तथा यसअघि अफगानिस्तान र वेस्ट इन्डिजको फिल्डिंग प्रशिक्षकको भूमिका निर्वाह गरेका रायन मेरोन अत्तरियाका प्रशिक्षक हुन्।

(फिचर फोटो: फाइल)





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]