बिग ब्यास : वेडले विस्फोटक ब्याटिंग गर्दा होबार्टको लगातार तेश्रो जित

  • विकेटनेपाल, पुष १३ – शुक्रबार 

बिग ब्यास लिग अन्तर्गत ११ औं खेलमा होबर्ट हरिकेन्सले सिड्नी थन्डर्सलाई ७ विकेटले पराजित गर्दै लिगको शिर्ष स्थानमा उक्लेको छ। हरिकेन्सले खेलेको ३ वटै खेलमा जित दर्ता गरेको छ।

होबार्टको घरेलु मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गरेको सिड्नीले २० ओभरमा ६ विकेट गुमाएर १९३ रनको योगफल तयार गरेको थियो। जवाफमा १९४ रनको लक्ष्य होबार्टले ५ बल बाँकी छँदा ३ विकेट मात्रै गुमाएर पुरा गर्यो।

बटलरको विस्फोटक इनिंग – पहिले ब्याटिंग गर्ने क्रममा सिड्नीका ओपनिङ्ग ब्याट्सम्यान जोस बटलरले ५४ बलमा ४ छक्का र ८ चौका मदतले ८९ रनको विस्फोटक इनिंग खेले। ओपनिङ्ग ब्याटिंग गर्न आएका बटलर १९.३ ओभरमा बल्ल आउट भएका थिए। यस्तै क्रिस ग्रिनले २६ र कप्तान शेन वाटसनले २० रन बनाए। होबार्ट बलर जेम्स फल्क्नर ( ४-०-३४-२ ) र क्लाइभ रोज ( ४-०-३०-२ ) ले २/२ विकेट लिए।

कप्तान म्याथु वेडको खेल जिताउने इनिंग : १९४ रनको लक्ष्य पछ्याउने क्रममा होबर्टको लागि पनि ओपनिङ्ग ब्याट्सम्यान तथा कप्तान म्याथु वेडले विस्फोटक ब्याटिंग गरे। ४९ बलमा उनले ४ छक्का र ७ चौका प्रहार गरे। यस्तै अर्का ओपनर ड्यारसी सर्टले ५८ रन बनाउन ३९ बलमा ३ छक्का र ५ चौका हिर्काए। ओपनिङ्ग साझेदारीको रुपमा दुवैले १२० रनको साझेदारी गरेका थिए।

लिग अन्तर्गत भोलि शनिवार १:३५ बजे दिउसो ( नेपाली समय ) मेलबर्न रेनेगेड्स र सिड्नी सिक्सर्स बीच प्रतिस्पर्धा हुनेछ। सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले भने आगामी खेल मंगलबार मेलबर्न रेनेगेड्स बिरुद्ध दिउसो २ बजे ( नेपाली समय ) खेल्नेछ।

लिगमा बिहिबार मेलबर्न स्टार्सले पहिलो जित दर्ता गरेको थियो जुन क्रममा सिड्नी सिक्सर्सलाई ५ विकेटले पराजित गरेको थियो। खेलमा सन्दिप लामिछानेले २ विकेट लिने क्रममा ४ ओभरमा १८ रन मात्र खर्चिएका थिए।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]