विश्वकप क्रिकेटमा खेलको खेल तालिका परिवर्तन

अन्तराष्ट्रिय क्रिकेट परिषद् आइसिसीले भारत विश्वकपका ९ खेलको खेल तालिका परिवर्तन गरेको छ। आइसिसीले मंगलबार भारत–पाकिस्तान सहित अन्य ८ टिमको खेल तालिका परिवर्तन गर्दै नयाँ सेड्युल जारी गरेको हो।

भारत र पाकिस्तानको खेल एकदिन अघि सारिएको छ। अब प्रतियोगितामा १५ अगस्टको साटो १४ अगस्टमानै हुने छ। प्रतियोगिता भने अहमदाबाद स्थित नरेन्द्र मोदी अन्तराष्ट्रिय क्रिकेट मैदान मानै हुने छ। त्यस्तै १४ अक्टोबरका लागि दिल्लीमा तय भएको इंग्ल्यान्ड र अफगानिस्तानबिचको खेल भने २४ घण्टा पछि सार्दै १५ अक्टोबरमा हुने तय भएको हो।

त्यस्तै पाकिस्तान र श्रीलंकाबिच हैदराबादमा १२ अक्टोबरका लागि तय भएको खेल दुई दिन अघि सार्दै १० अक्टोबरमा सारिएको छ। त्यस्तै अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिचको खेल एकदिन अघि सार्दै अब १२ अक्टोबरमा हुने तय भएको छ। यसअघि १३ अक्टोबरमा हुने कार्यतालिका रहेको थियो। त्यस्तै न्युजिल्यान्ड र बङ्गलादेश बिच १४ अक्टोबरका लागि तय भएको खेल १३ अक्टोबरमा सारिएको छ। उक्त खेल डे–नाइट फर्म्याटमा सारिएको हो।

लिग चरणका अन्तिम डबल-हेडर खेलहरूमा तीन परिवर्तन गरिएका छन्। १२ नोभेम्बरका खेलहरू ११ नोभेम्बरमा सारिएको छ। अस्ट्रेलिया विरुद्ध बङ्गलादेश बिचको खेल स्थानीय समय अनुसार १०स्३० मा र कोलकातामा इंग्ल्यान्ड र पाकिस्तान बिचको खेल २ बजे सुरु हुने छ। त्यस्तै नेदरल्यान्ड्स विरुद्ध भारतको अन्तिम लिग खेल ११ बाट १२ नोभेम्बरमा सारिएको छ। उक्त खेल डे–नाइट खेलका रूपमा रहने छ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]