भारत र बंगलादेशसंग नेपालले त्रिकोणात्मक व्हिलचेयर क्रिकेट सिरिज खेल्ने

  • विकेटनेपाल, २८ मङ्सिर – मंगलबार 

यही मङ्सिर २८ गते देखि नेपालमा प्रथम अन्तर्राष्ट्रिय व्हिलचेयर त्रिकोणात्मक क्रिकेटको आयोजना भएको छ।

नेपाल, भारत र बंगलादेश सहभागी हुने सिरिजको आयोजना व्हिल चेयर एशोसियसन अफ नेपालले गर्न लागेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३ दिन चल्ने प्रतियोगितामा तिनवटै देशका रास्ट्रिय क्रिकेट टिमले प्रतिस्पर्धा गर्नेछन्।

बिश्वमै व्हिलचेयर त्रिकोणात्मक सिरिज हुनलागेको यो पहिलो पटक हो। नेपाल व्हिलचेयर क्रिकेट एसोसिएसनको स्थापना सन् २०१६ मा भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा गते बिहिबार नेपाल र बंगलादेश बीच प्रतिस्पर्धा हुनेछ भने २९ गते शुक्रबार पहिलो खेलमा भारत र बंगलादेश र सोहि दिन दोश्रो खेलमा नेपाल र भारत बीच प्रतिस्पर्धा हुनेछ। ३ वटा खेल पछि अंक तालिकामा पहिलो र दोश्रो हुने टिमले फाइनल खेल शनिबार खेल्नेछ।

प्रतियोगिताबारे आज आयोजित पत्रकार सम्मेलनमा एसोसियसनका अध्यक्ष छुल्टिम लामाले अपांगता भएका ब्यक्तिहरुलाई क्रिकेटको मध्यमबाट सक्रिय गराउने उद्देश्यका साथ प्रतियोगिताहरुको आयोजना गर्दै आएको र सोहि अनुरुप प्रथम पटक त्रिकोणात्मक सिरिज आयोजना गर्न लगिएको बताएका थिए।

प्रतियोगिता आयोजना गर्न सुशील कोइराला मेमोरियल फाउन्डेसनले आर्थिक सहयोग गरिरहेको आयोजकले जानकारी दिएको छ। गत हफ्ता नेपाल क्रिकेट स्कुलले नेपाली टिमलाई खेल सामग्री प्रदान गरेको थियो भने काठमाडौँ क्रिकेट निशुल्क ट्रेनिङको ब्यबस्था गरेको छ।

सिरिज खेल्न नेपाली व्हिलचेयर टिमको घोषणा गरिसकिएको छ जसको प्रशिक्षण सुधिर चौधरीले गर्नेछन्। नेपालको कप्तानी हिमाल अर्यालले गर्नेछन्।

नेपाल टिम – 

हिमाल अर्याल ( कप्तान ) , रामबहादुर तामाङ, यमबहादुर श्रेष्ठ, नबिन राई, बिपिन पौडेल, यमबहादुर श्रेष्ठ, बिष्णु अधिकारी, जंगबहादुर रुचाल मगर, डम्बर थापा, भारत कार्की, राजु कटुवाल, दानबहादुर थिङ, डिकाम सेन चेम्जोम, खनी नारायण पौडेल

खेल तालिका :- 

मङ्सिर २८ – नेपाल – बंगलादेश
मङ्सिर २९ – भारत – बंगलादेश र नेपाल – भारत
मङ्सिर ३० – फाइनल

यसरी खेल्छन् व्हिलचेयर क्रिकेट ( भिडियो हेर्नुस ) 

नेपाल व्हिलचेयर क्रिकेट टिम – फाइल फोटो




थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]