भारतसंग नेपाल स्तब्ध

  • विकेटनेपाल, ३० पौष- आइतबार / अनील मल्ल ठकुरी, युएई  

नेपाल नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा भारतसँग पराजित भएको छ । आइतबार दुबईको अजमानमा भएको खेलमा नेपाल भारतसँग ८ विकेटले पराजित भएको हो ।

इडनगार्डेन क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १५७ रनको लक्ष्य भारतले १५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालले दिएको सामान्य लक्ष्य पछ्याएको भारतका लागि अनिल घरियाले ५४ रनको अर्धशतकीय पारी खेले। अनिलले २९ बलमा ६ चौका प्रहार गरे । महेन्दर भिस्नभले ४० रन र रामबीर सिंहले ३८ रनको अविजित पारी खेल्दै भारतलाई जित दिलाए । रामबीरले ३८ बलमा ५ चौका प्रहार गरे । भारतको खातामा ३० रन हुँदा ओपनर दुर्गा राउ आउट भए पनि अनील र महेन्दरले पारी सम्हालेका थिए ।

नेपालको बलिङमा सुर्य भट्टराई र भरत थापाले १–१ विकेट लिए । भरतले ३ ओभर बलिङ गर्दा २५ रन खर्चिए । ५ ओभर बलिङ गरेका सुर्य निकै महंगा साबित हँदा ५८ रन खर्चिए । अन्य बलरले थप विकेट लिन नसक्दा भारतले सहज जित निकाल्यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७.५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ५६ रनको मध्यम स्कोर खडा गर्यो ।

मध्यम सुरुआत गरेको नेपालको खातामा ३३ रन हुँदा रमेश बानियाँ १४ रनमा आउट भए । अर्का ओपनर सुनील राना १७ रनमा एलबी डब्लु भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सुनील क्षेत्री र सुर्य भट्टराई सस्तैमा पभेलियन फर्किएपछि नेपालको पारी धरासायी बन्यो । सुर्य र सुनील आउट हुँदा नेपालको खातामा ४८ रन मात्र थियो । त्यसपछि ब्याटिङमा आएका पदम बडेला २४ रनमा रिटायर्ट हर्ट हुँदै पभेलियन फर्किए । यद्यपि,भरत थापाले ३५ रन बनाउँदै नेपालको पारी उकासेका थिए । कप्तान किर्तन श्रेष्ठले ११ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

चौथो खेलमा पनि नेपाली ब्याट्सम्यानबीच तालमेल नहुँदा नेपालले ४ विकेट रनआउटको रुपमा गुमाएको थियो। भारतीय फिल्डरले उत्कृष्ट फिल्डङ गर्दै नेपाललाई रन बटुल्नबाट रोकेका थिए । भारतको बलिङमा प्रकास जयरमैयाँले २ तथा जफर एकबाल, प्रेम कुमार, रामबीर र अजय कुमारले १–१ विकेट निकाले ।

नेपालले अब लिगको अन्तिम खेल सोमबार अस्ट्रेलियासँग खेल्नेछ । सो खेलमा जित निकाल्दै नेपाल विश्वकपमा सान्त्वना अन्त्य गर्ने लक्ष्यमा रहेको छ । विश्वकपको अन्तिम ४ मा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश पुग्दा नेपाल र अस्ट्रेलिया लिग चरणबाटै बाहिरिनेछ ।

खेलको फोटोहरु :- 





थप समाचार

ओमान पहिले ब्याटिङ गर्दै

काठमाडौं । नवौ संस्करणको टी-२० विश्वकपको तेस्रो खेलमा ओमानले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजको बारबाडोसमा भएको […]

पीएनजीमाथि वेस्ट इन्डिजको जित

काठमाडौं । वेस्ट इन्डिजले पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गर्दै नवौं सस्करणको टी-२० विश्वकपको सुरुआत गरेको छ । सहआयोजक […]

पीएनजी पहिले ब्याटिङ गर्दै

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकपमा पपुवा न्यु गिनी (पीएनजी) ले पहिले ब्याटिङ गर्ने भएको छ । वेस्ट इन्डिजका कप्तान […]

आइसीसी टी-२० विश्वकप : ओमान र नामिबिया खेल्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा आइतबार बिहानबाट सुरु नवौं संस्करणको टी-२० विश्वकपमा सोमबार बिहान तेस्रो खेल हुदैछ । नवौं […]

सप्तरी प्रिमियर लिग-६ : छिन्नमस्ता र कन्चनरुप विजयी 

सप्तरीको राजविराजमा जारि सप्तरी प्रिमियर लिगको छैठौं संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा छिन्नमस्ता लायन्स र कन्चनरुप राइनोज विजयी […]

आइसीसी टी-२० विश्वकप : वेस्ट इन्डिज र पीएनजी खेल्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा आइतबार बिहानबाट नवौं संस्करणको टी-२० विश्वकपमा एक खेल आज नै रहेको छ । विश्वकपको […]