इन्टर कलेज इन्डोर क्रिकेट : न्यु समिट र आइएसएमटिको दोहोरो जित

टेक्सास कलेजको आयोजनामा काठमाडौँमा बुधबार सुरु भएको इन्टर-कलेज इन्डोर क्रिकेट च्याम्पियनसिप अन्तर्गत दोश्रो दिनको खेलमा न्यु समिट, टाइम्स इन्टरनेसनल, ओमेगा, आइएसएमटिले जित दर्ता गरेका छन्।

समुह ‘ए’ अन्तर्गत न्यु समिट कलेजले दोहोरो जित दर्ता गर्ने क्रममा ओमेगा कलेजलाई ९ विकेटले तथा ब्रम्हास्मी ‘ए’ कलेजलाई ४ विकेटले पराजित गर्यो।  ओमेगाले आफ्नो दोश्रो खेलमा ब्रम्हास्मी कलेजलाई भने ४ रनले पराजित गर्यो।

यस्तै समुह ‘बि’ अन्तर्गत खेलमा आइएसएमटि कलेजले दोहोरो जित दर्ता गर्ने क्रममा केएफए कलेजलाई ७८ रनले तथा टाइम्स कलेजलाई ८१ रनले पराजित गर्यो। टाइम्सले आफ्नो दोश्रो खेलमा केएफए कलेजलाई ५ विकेटले पराजित गर्यो।

कुल २४ कलेज सहभागी प्रतियोगितामा सहभागी टिमहरुलाई ६ वटा समुहमा बिभाजन गरिएको छ। प्रतियोगिताको विजेताले ५१ हजार तथा उप-विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिताको उत्कृस्ट हुने खेलाडीलाई प्रिसीयस ट्राभल एण्ड टुरले पोखराको टु-वे टिकट तथा लजिंग- फुडिंगको व्यवस्था गर्नेछ। यस्तै उत्कृस्ट बलर र ब्याट्सम्यानलाई समेत पोखराको वान-वे टिकट प्रदान गर्नेछ। यस्तै इपिएल टि-२० टिम काठमाडौँ किंग्स-११ ले प्रतियोगिताको ३ जना उत्कृस्ट खेलाडीहरुलाई टिमको बन्द सत्रमा मौका दिनेछ। आईफ्लिक्सले प्रतियोगिताको उत्कृस्ट खेलाडीलाई १ वर्ष तथा प्लेयर अफ द म्याचहरुलाई ३ महिना निशुल्क सब्स्क्रिप्सन प्रदान गर्नेछ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]