आईपीएल इंगलिस प्रिमियर लिग भन्दा अघि ? भिभोको अपत्यारिलो प्रायोजन

  • विकेटनेपाल, असार १५

चिनियाँ मोबाइल कम्पनि भिभो इलेक्ट्रोनिक कर्पले इन्डियन प्रिमियर लिग आईपीएलसंग आगामी पांच बर्षको लागि प्रायोजन सम्झौता गरेको छ l

आइपिएल र भिभो बीच सन् २०१८ देखि २०२२ सम्मको लागि मंगलबार भएको सम्झौता अनुसार पांच बर्षमा भिभोले मुख्य प्रायोजन बापत २,१९९ करोड भारतीय रुपैयाँ ( करिब ३४१ मिलियन डलर ) दिनेछ l यो रकम पछिल्लो सम्झौता भन्दा ५५४ प्रतिशतले बढी हो l

बिश्व चर्चित फुटबल लिग इंगलिस प्रिमियर लिगलाई सन् २००१ देखि २०१६ सम्म प्रायोजनको लागि बारक्लेज ( Barclays ) ले ३३० करोड भारतीय रुपैयाँ प्रतिवर्ष प्रदान गरेको थियो जुन आईपीएलले अहिले प्रतिबर्ष पाएको प्रतिवर्ष ४४० करोड भारतीय रुपैयाँ ( ६८ मिलियन डलर ) भन्दा कम थियो l हाल इंगलिस प्रिमियर लिगलाई मोन्डेलेज इन्टरनेसनलले प्रायोजन गरेको छ जसको प्रायोजन रकम गोप्य राखिएको छ l

यस भन्दा अगाडी भिभोनै आइपिएलको मुख्य प्रायोजक थियो जसले २०१६-१७ को दुई सिजनको लागि प्रतिवर्ष १०० करोडमा सम्झौता गरेको थियो l

सम्झौता पछि भिभोका चिफ मार्केटिंग अफिसर विवेक झांगले आईपीएलसंगको सम्झौता आफ्नो ब्राण्डको लागि फाइदाजनक रहेको बताए –

“भारतमा क्रिकेट निकै ठुलो छ र आईपीएल दिनानुदिन अझ लोकप्रिय र बिशाल हुँदै गइरहेको छ l क्रिकेट मात्रै हैन हामि अन्य खेलकुदलाई पनि प्रबर्द्धन गर्नमा विश्वास गर्छौं त्यसैले कबड्डीलाई पनि प्रायोजन गरेका छौ l भर्खरै हामीले फिफा बिश्व कपसंग पनि ६ बर्षे सम्झौता गरेका छौ’ झांगले थपे l


सन् २००८ बाट सुरु भएको आईपीएललाई सन् २००८ देखि सन् २०१२ सम्म डीएलएफले प्रतिवर्ष ४० करोड भारतीय रुपैयाँमा प्रायोजन गरेको थियो l त्यसपछि सन् २०१३ देखि २०१५ सम्म पेप्सीले प्रतिवर्ष करिब ८० करोड रुपियाँमा सम्झौता गरेको थियो l

आइपीएलको टाइटल प्रायोजनको लागि भिभो पछि अर्को मोबाइल कम्पनि ओप्पो मात्रै प्रतिस्पर्धामा थियो जसले १३३० करोड भारतीय रुपैयाँ बोलि लगाएको थियो l ओप्पो भारतीय रास्ट्रिय क्रिकेट टिमको प्रायोजक रहेको छ जसले २०१७ देखि २०२१ सम्मको पांच बर्षे सम्झौताको लागि १०७९ करोड भारतीय रुपैयाँ प्रदान गर्ने सम्झौता यसै बर्ष मार्चमा गरेको थियो l

यो पनि पढ्नुस – भारतीय भूमिमा नेपालको यु-१९ बिश्वकप छनौट तयारी ( फोटो फिचर )

चर्चित अमेरिकन नेसनल फुटबल लिग  ( एनएफएल ) लाई पेप्सीले प्रतिवर्ष ९० मिलियन अमेरिकी डलरमा प्रायोजन गरिरहेको छ  जुन आईपीएलले प्रतिवर्ष पाएको ६८ मिलीयन डलर भन्दा केहि बढी हो l एनएफएल बर्षको ६ महिना चल्ने गर्छ भने आइपीएल डेढ महिना चल्ने गर्छ l २००१ देखि २०१६ सम्म बारक्लेजले इंगलिस प्रिमियर लिगलाई प्रतिवर्ष ५७ मिलियन डलर दिएको थियो l

इन्डियन प्रिमियर लिगको मेमा सम्पन्न दशौं सिजनको उपाधि मुम्बई इन्डियनले जितेको थियो जसले फाइनलमा राइजिंग पुने सुपर जायन्टलाई पराजित गरेको थियो l

( नोट : भारतीय रुपैयाँ १ करोड = १,५०,००० अमेरिकी डलर )





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]