मल्लको अर्धशतक ‘ढिलो आयो तर कडा आयो’

नेपालले सन् २०१४ टि-२० विश्वकपमा हंगकंगसंग खेल्दै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको थियो। पहिलो खेलमा नेपालले ८० रनको जित हात पार्दा ज्ञानेन्द्र मल्लले नेपालको लागि सर्वाधिक रन बनाएका थिए। उक्त खेलमा ४१ बलमा ४८ रन बनाएका मल्लको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यात्रा पहिलो खेल जतिको सुखद भने रहन।

४८, १३ , २२ , ५ , २४ , १२ , १७ , १८ , २ , ०  , २ , ७ , ७ , ११ , ७ , ७ , २३ , ५१*

माथिको स्कोर टि-२० अन्तर्राष्ट्रियमा ज्ञानेन्द्रले १८ इनिंग खेल्दा बनाएको क्रमबद्ध स्कोर हो। १८ इनिंगको प्रतीक्षा पछि बल्ल ज्ञानेन्द्रले टि-२० अन्तर्राष्ट्रियमा मलेसिया बिरुद्ध पहिलो अर्धशतक बनाए। यसको लागि उनले ५ वर्ष ४ महिना कुर्नु पर्यो। अन्तिम पटक मल्लले नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्याण्ड बिरुद्ध २०१८ अगस्टमा अर्धशतक बनाएका थिए।


अन्तर्राष्ट्रिय क्रिकेट मात्रै हैन घरेलु क्रिकेट टि-२० क्रिकेटमा पनि मल्लको फर्म नाजुक रहेको थियो। यो वर्ष फेब्रुवरीमा सम्पन्न डीपीएलमा काठमाडौँ गोल्डेन्सको लागि खेल्ने क्रममा उनले ५ खेलमा ७२ रन बनाएका थिए। त्यस्तै गत वर्ष डिसेम्बरमा सम्पन्न इपिएलमा ललितपुर् प्याट्रिएट्सको लागि खेल्दा उनले ५ खेलमा ८७ रन बनाएका थिए। गत वर्ष नोभेम्बरमा आयोजित पोखरा प्रिमियर लिगमा काठमाडौँ रोयल्सको लागि खेल्दा उनले ५ खेलमा १३३ रन बनाएका थिए।

पोखरा प्रिमियर लिग, धनगढी प्रिमियर र एभरेस्ट प्रिमियर लिगको पछिल्लो संस्करणमा मल्लले एउटा पनि अर्धशतक बनाउन सकेका थिएनन्।

डिपीएल २०१९ ३ , १४ , १२ , ३२ , ११ , इपिएल २०१८ –  ४९, ३ , ४ , २१ , १० , पीपीएल २०१८ – १७, ३० , २५*, ३१ , ३०

Gyanendra Malla
Gyanendra Malla

अन्तिम पटक मल्लले टि-२० क्रिकेटमा अर्धशतक धनगढी प्रिमियर लिग २०१८ मा काठमाडौँ गोल्डेन्सको लागि खेल्दै बिराटनगर किंग्स बिरुद्ध बनाएका थिए। त्यसपछि घरेलु क्रिकेट र अन्तर्राष्ट्रिय टि-२० क्रिकेटमा अर्धशतक बनाउन मल्लले २६ इनिंग कुर्नु पर्यो। यो बीचमा उनले डिपीएल, इपीएल, पीपीएल, टि-२० विश्वकप छनौट एसिया ‘बि’ छनौट प्रतियोगिता, युएईसंग ३ वटा टि-२० सिरिज, मलेसियासंग २ वटा टि-२० सिरिज खेले।

दबाबमा अर्धशतक 

लगातार रन नबन्दा ज्ञानेन्द्रलाई नेपाली समर्थकहरुले टिममा निरन्तरता दिएकोमा आलोचना गरेका थिए। जारि प्रतियोगिता अघि मलेसियासंग टि-२० सिरिजको २ वटा खेलमा समान ७/७ रन बनाएर आउट भएका मल्लले कतारसंग पहिलो खेलमा राम्रो सुरुवात गरे पनि २३ रन बनाएर आउट भएका थिए।

पारस खड्का घाइते हुँदा पहिलो खेलमा कतारसंग समेत दोश्रो इनिंगमा कप्तानी सम्हालेका मल्लले दोश्रो खेलमामा पहिलो पटक पुरा खेलमा कप्तानी पनि सम्हाले। पहिलो खेलमा हार पछि नेपाललाई टि-२० विश्वकप ग्लोबल क्वालीफायर पुग्ने सम्भावना जीवित राख्न जितको आवश्यकता रहेको थियो। अर्कोतर्फ मल्ललाई राम्रो स्कोर तयार गर्दै आलोचनाको जवाफ दिन पनि आवस्यक रहेको थियो।

Gyanendra Malla

ढिला सुरु भए पछि ९ ओभरमा घटाइएको खेलमा मलेसियाले पहिले ब्याटिंग गर्दै ८३ रन बनाए पछि ८४ रको लक्ष्य पछ्याउने क्रममा नेपाललाई सुरुवात देखि आक्रामक ब्याटिंगको आवस्यकता रहेको थियो। ९ रन भन्दा बढी प्रतिओभर रन आवस्यक रहेको बेला मल्लले अर्का ओपनर प्रदिप ऐरीसंग ५.१ ओभरमै ६६ रनको साझेदारी गरे। दुवैको साझेदारीले नेपालको जित सहज बनेको थियो। ६६ रनको साझेदारी नेपालको टि-२० अ. क्रिकेटमा सर्वाधिक ओपनिंग साझेदारी पनि हो।

छैठौं ओभरको दोश्रो बलमा क्याच आउट हुने क्रममा मल्लले २१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। २० बलमै अर्धशतक पुरा गर्ने क्रममा उनि टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो अर्धशतक बनाउने ब्याट्सम्यान समेत बन्न पुगे। मल्लनै खेलको प्लेयर अफ द म्याच समेत चुनिन पुगे।

लामो समय देखि संघर्ष गर्दै आएका मल्लले एकै इनिंगमा आलोचकहरुलाई जवाफ दिएका छन् भने छिटो अर्धशतक र ओपनिंग साझेदारीको रेकर्ड बनाउदै आफुलाई प्रमाणित गरेका छन्। कुनै बेला नेपालको सबैभन्दा टेक्निकल ब्याट्सम्यानको परिचय बनाएका मल्लले त्यो छबि कायम गर्न मलेसियासंग जस्तो प्रदर्शन भने दोहोर्याउनु पर्नेछ।


टि-२० अन्तर्राष्ट्रियमा ज्ञानेन्द्र मल्लको प्रदर्शन 

कुल खेल – १९ , ब्याटिंग गरेको इनिंग – १८ , कुल रन – २७६ , सर्वाधिक – ५१* , औशत – १५.३३
स्ट्राइक रेट –  १०६.५ , कुल चौका – ३१ , कुल छक्का – ७ , सामना गरेको कुल बल – २६० , अर्धशतक/ शतक – १/०

वर्ष २०१४ – ४ खेलमा ८८ रन (  औशत – २२ ) , वर्ष २०१५ – ७ खेलमा ७५ रन  ( औशत – १०.७१ )
वर्ष २०१९ – ७ खेलमा ११३ रन ( औशत – १६.१४ )

बिरुद्ध नेदरल्याण्ड – ४ खेलमा ७१ रन ( औशत –  १७.७५ )
बिरुद्ध मलेसिया – ३ खेलमा ८१ रन ( औशत – २७.०० )
बिरुद्ध युएई – ३ खेलमा २५ रन ( औशत – ८.३३ )
बिरुद्ध हंगकंग – २ खेलमा ५ रन ( औशत – ५ )
बिरुद्ध बंगलादेश – १ खेलमा १३  रन
बिरुद्ध अफगानिस्तान – १ खेलमा २२ रन
बिरुद्ध आयरल्याण्ड – १ खेलमा २ रन
बिरुद्ध पपुवा न्यु गिनी – १ खेलमा २ रन
बिरुद्ध कतार – १ खेलमा २३ रन

 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]