मेहबुब आलमले विश्वचकित बनाएको दिन

आजकै दिन सन् २००८ मे २५ तारिखमा स्टार नेपाली अलराउण्डर मेहबुब आलमले एकै इनिंग्समा १० विकेट लिंदै विश्वकीर्तिमान बनाउदै अद्भुत रेकर्ड आफ्नो नाम गरेका थिए। आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ प्रतियोगिता अन्तर्गत मोजाम्बिकसंगको समुह चरणको खेलमा आलमले मोजाम्बिकको सबै १० विकेट लिंदै विश्वचकित पार्ने किर्तिमान बनाएका थिए।

सिमित ओभर अन्तर्राष्ट्रिय क्रिकेटको एकै इनिंग्समा १० विकेट लिने आलम विश्वकै पहिलो र हालसम्म पनि एकमात्र क्रिकेटर हुन्। टेस्ट क्रिकेटमा इंग्ल्यान्डका जिम लेकर र भारतका अनिल कुम्बलेले एकै इनिंग्समा १० विकेट लिएका छन्। आलमको उक्त रेकर्ड गिनिज वर्ल्ड रेकर्ड्समा पनि समाबेश गरिएको छ।

यसरी लिए १० विकेट 

आईसीसी विश्व क्रिकेट लिग डिभिजन-५ अन्तर्गत समुह चरणको समुह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र मोजाम्बिक प्रतिस्पर्धा गर्दै थिए। जर्सी देशको ग्रेनभिले मैदानमा टस जितेर मोजाम्बिकले नेपाललाई ब्याटिंगको निम्तो दिएको थियो।

निर्धारित ५० ओभरमा नेपालले ७ विकेट गुमाएर २३८ रनको योगफल तयार गर्यो। नेपालको ब्याटिंगमा पारस खड्काले सर्वाधिक ४४ रन, शक्ति गौचनले ३४ तथा मेहबुब आलमले अविजित २३ रन योगदान दिएका थिए।

जवाफमा २३९ रनको लक्ष्य पछ्याएको मोजाम्बिकले १४.५ ओभरमा १९ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। ओपनिंग बलिंग गरेका देब्रे हाते फास्ट बलर मेहबुब आलमको धारिलो स्विंग बलिंग मोजाम्बिक ब्याट्सम्यानहरुले बुझ्ने सकेनन्।

उक्त खेलको स्कोरकार्ड ( श्रोत – क्रिक्इन्फो )

७.५ ओभर बलिंग गर्ने क्रममा आलमले १ मेडन ओभर गर्दै मात्र १२ रन खर्चेर १० विकेट लिए।

पहिलो ओभरको अन्तिम बलमा विकेट लिन सुरु गरेका आलमले त्यसपछि तेश्रो ओभरको पहिलो बलमा, पाँचौ ओभरको अन्तिम बलमा, सातौँ ओभरको पहिलो र अन्तिम बलमा, एघारौं ओभरको दोश्रो बलमा, तेह्रौं ओभरको अन्तिम बलमा तथा चौधौं ओभरको पहिलो, तेश्रो र पाँचौ बलमा विकेट लिएका थिए।

आलमले ५ विकेट बोल्ड, ४ विकेट एलबिडब्लु तथा १ विकेट विकेटकिपरबाट क्याच आउट गर्दै लिएका थिए। मोजाम्बिकका ९ जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेका थिएनन्। उसका चौथो नम्बरका ब्याट्सम्यान कालिम शाहले सर्वाधिक ९ रन बनाए भने कप्तान शोयब युनिस २ रनमा अविजित रहेका थिए।

नेपालले कुल १४.५ ओभर बलिङ्ग गर्दा अर्का तिब्र गति बलर बिनोद दासले ३ ओभर ( ३-१-३-० ) तथा शक्ति गौचनले ४ ओभर ( ४-२-२-० ) बलिङ्ग गरे पनि विकेट लिन सकेका थिएनन्।

आलमको भाग्य

अझ रोचक त के छ भने खासमा मोजाम्बिकसंग प्रतियोगितामा नेपालले त्यस अघिनै अघिल्लो दिन खेल खेलीसकेको थियो। तर उक्त खेल वर्षाको कारण बीचमा रोकिन पुग्दा पुनः दोहोर्याएर भोलिपल्ट पुनः खेलिएको थियो। अघिल्लो दिन खेल रद्द हुनु अघि मोजाम्बिकले पहिले ब्याटिंग गर्दै ७० रनमा सबै विकेट गुमाएको थियो जसको जवाफमा नेपालले जवाफमा २ रन बनाउदा खेल रोकिन पुगेको थियो। आलम त्यस खेलमा भने ५ ओभर बलिङ्ग गर्दा विकेटविहिन रहेका थिए। ५ ओभरमा १ मेडन गर्दै २१ रन लिएर आलम विकेट विहिन बन्दा बिनोद दास ( १०-२-१६-५ ) र बसन्त रेग्मीले ( ५.५-२-८-५ ) भने ५/५ विकेट लिएका थिए।

फोटोहरुमा हेर्नुस आलमको अद्भुत प्रदर्शन 

सम्बन्धित 

आजकै दिन नेपालले टि-२० विश्वकपमा अफगानिस्तानलाई पराजित गरेको थियो

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर

करन केसीको नाममा रहेको ४ विश्वकिर्तिमान

‘सर’ डन ब्राडम्यानले बनाएका ११ रेकर्ड जुन अझै टुट्न मुस्किल छ

अझै टुटेको छैन सोमपालले बनाएको बिश्व रेकर्ड





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]