सन्दिपको टिम १० विकेटले पराजित, सेमिफाइनलमा जान अन्तिम खेल जित्नैपर्ने

  • विकेटनेपाल, माघ २५ – शुक्रबार

अष्ट्रेलियामा जारि घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास लिग (बिबिएल) टि२० अन्तर्गत आज भएको खेलमा ब्रिसबेन हिटले मेलबर्न स्टार्सलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको छ। योसँगै नेपाली युवा खेलाडी सन्दिप लामिछाने सम्मिलित स्टार्सलाई सेमिफाइनलमा स्थान बनाउन अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई पराजित गर्नुपर्ने हुन्छ।

स्टार्सको १३ खेलबाट १२ अंक रहेको छ। अर्कोतर्फ आज जित निकालेको ब्रिसबेन हिटलाई सेमिफाइनलमा स्थान बनाउनको लागि मेलबर्न स्टार्सले अन्तिम खेलमा पराजय भोगेर मात्र पुग्दैन। अब बचेका खेलहरुमा समेत अरु टिमको नतिजा उसको अनुरुप आउनुपर्ने हुन्छ। उसले पहिलो चरण अन्तर्गतका सबै १४ वटा खेल खेल्दै १३ अंक बटुलेको छ।

सिक्सर भने १३ खेलबाट १६ अंक सहित दोश्रो स्थानमा रहेको छ। यस्तै १३ खेलबाट नै २० अंक जोडेको हबार्ट हरिकेन्स अंकतालिकाको शीर्षस्थानमा छ।

ब्रिसबेनको घरेलु मैदानमा भएको खेलमा मेलबर्न स्टार्सले दिएको १५७ रनको लक्ष्य घरेलु टिमले मात्र १० ओभरमा कुनै पनि विकेट नगुमाई पुरा गर्यो। उसका लागि ओपनरद्वय म्याक्स ब्रयाण्ट र बेन कटिंगले विस्फोटक ब्याटिंग गरे। सामान्यतया तल्लोक्रममा ब्याटिंग गर्ने कटिंगले माथिल्लो क्रममा पाएको मौकालाई सदुपयोग गर्दै ८१ रन बनाउन मात्र ३० बलको सामना गरे। जसमा ४ चौका र ८ छक्का सामेल थियो।

अर्कोतर्फ म्याक्स ब्रयाण्टले पनि विस्फोटक ब्याटिंग गर्दै ७१ रन बनाउन ३० बलमा ६ चौका र ५ छक्का प्रहार गरे। बलिंगतर्फ सबै खेलाडी महंगा साबित भए।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको मेलबर्न स्टार्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रनको योगफल तयार पारेको थियो। उसका लागि मार्कस स्टनोइसले रन आउट हुनुभन्दा पहिले ८१ रन बनाए। ५१ बलको सामना गर्दा ७ चौका र २ छक्का प्रहार गरेका थिए। त्यसपछिको ठुलो स्कोर ड्व्यन ब्राबोले २१ रन बनाएका थिए। कुनैपनि खेलाडीले स्टनोइसलाई साथ दिन सकेनन्। बलिंगतर्फ जोश लोहरले ३ विकेट लिन ४ ओभरमा ४३ रन खर्चिए।

सन्दिप महंगा साबित भए

बंगलादेश प्रिमियर लिग र नेपालको युएई भ्रमणपछी मेलबर्न स्टार्सको टिममा फर्किएका सन्दिपले कुनै पनि विकेट लिन सकेनन। खेलमा मात्र २ ओभर बलिंग गरेका उनल २८ रन खर्चिंदै महँगो साबित भए।

आठौँ ओभर बलिंग गर्न आएका लामिछानेको चौथो बलमा फिल्डरले क्याच छोडेपछि म्याक्स ब्रयाण्ट आउट हुनबाट बचेका हुन्। पहिलो ओभरमा ८ रन खर्चिएका सन्दिपले दोश्रो ओभरमा ३ ओटा छक्का सहित २० रन खर्चिएका थिए।

पहिलो ओभर (खेलको आठौँ): १,१,३,२,१,०
दोश्रो ओभर (खेलको दशौँ ): १,६,०,६,१,६





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]