मोहम्मद आमिरको नजरमा यी ब्याट्सम्यान बिश्वकै उत्कृस्ट

cricket association of nepal
  • विकेटनेपाल, ७ साउन

भारत र पाकिस्तान बीच क्रिकेटको मैदानमा एकअर्का प्रति जति प्रतिस्पर्धा भएपनि मैदान बाहिर दुवै देशका खेलाडीहरु एक-अर्काको प्रशंशा भने गरिरहेकै हुन्छन् l त्यसैक्रममा पाकिस्तानी क्रिकेटर मोहम्मद आमिरले आफुलाई मन पर्ने बिश्वकै उत्कृस्ट ब्याट्सम्यानको रुपमा भारतीय ब्याट्सम्यानको नाम लिएपछि चर्चाको बिषय बनेको छ l

स्टार देब्रे हाते बलर आमिरले आफ्नो ट्विटर मार्फत सोमबार फ्यानहरुको जिज्ञाशा समाधान गर्ने क्रममा बिश्वकै उत्कृस्ट क्रिकेटर बिराट कोहली रहेको बताएका हुन् l

२६ बर्षिय क्रिकेटरलाई एक ट्वीटर फ्यानले ‘तपाईको विचारमा बिश्वको वर्तमान उत्कृस्ट ब्याट्सम्यान को हो ?’ भनेर जिज्ञाशा राखेपछि आमिरले ‘बिराट कोहली’ भनेर उत्तर दिएका थिए l

आमिरको जवाफ पछि अर्का फ्यानले उनलाई ‘रुट, विलियमसन, स्मिथ र कोहली मध्ये को उत्कृस्ट ?’ भनेर जिज्ञाशा राख्दा आमिरले यस्तो उत्तर दिए –

‘उनीहरु सबै उत्कृस्ट छन् तर व्यक्तिगत रुपमा बिराट कोहली’

 

©WICB

भारतीय क्रिकेट टिमका कप्तान कोहलीलाई गत महिना इंग्ल्याण्डमा सम्पन्न आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा आमिरले आउट गरेका थिए l सन् २००८ देखि भारतीय टिमको प्रतिनिधित्व गरेका २९ बर्षिय कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा २८ शतक मदतले ८ हजार रन पार गरीसकेका छन् भने टेस्ट क्रिकेटमा १६ शतक मदतले ४ हजार भन्दा माथि रन बनाईसकेका छन् l

सन् २०१० मा फिक्सिंगको कारण प्रतिबन्धित भएका आमिरले सन् २०१६ जनवरी देखि पुनः पाकिस्तानको जर्सी लगाएका थिए l त्यसपछि लगातार पाकिस्तान क्रिकेट टिमको महत्वपूर्ण बलरको रुपमा आफुलाई साबित गर्दै आईरहेका छन् l

आमिरले आफ्नो ट्विटरमा अन्य प्रश्नहरुको समाधान गर्ने क्रममा आफ्नो क्रिकेट आइकन वासिम आक्रम रहेको समेत बताए l उनले भारतसंग २०१६ एसिया कपमा गरेको बलिंग स्पेल आफुलाई सबैभन्दा उत्कृस्ट लाग्ने समेत लेखेका छन् l

क्रिकेट बाहेक फुटबल आफुलाई मनपर्ने बताएका उनले पाकिस्तान क्रिकेट टिमको मनपर्ने खेलाडी सोयब मलिक भनेका छन् l

सन् २००९ मा पाकिस्तान क्रिकेट टिमको लागि डेब्यु गरेका आमिर हाल ससेक्स क्लबबाट इंग्ल्याण्डमा क्रिकेट खेलीरहेका छन् l

 

 

धेरैले पढेको :- 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]