सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आइतबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा आइतबार सुनुवाइका लागि परेको मुद्दा समय अभावका कारण हेर्न नभ्याइनेमा राखिएको हो ।

यसअघि सन्दीपको मुद्दाको पेसी गत साउन ३२ गते तोकिएको थियो । उक्त दिन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार खतिवडाको इजलासले पीडितको आमाको जन्ममिति प्रमाणित गर्न आदेश दिँदै सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ स्थगित गरेको हो ।

अदालतले सन्दीपको अर्को पेसी भदौ २१ गतेका लागि तोकेको छ । पेसी सरेपछि सन्दीप बुधबारदेखि पाकिस्तानका आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने बताईएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघिनै सन्दीपलाई एसिया कप टोलीमा समावेश गरेको छ ।

गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसपछि पटक–पटक मुद्दा सुनुवाइका लागि पेसी चढे पनि स्थगित भएका थिए । सन्दीप विश्वकप छनोट खेल्न जिम्बावे गएपछि मुद्दाको सुनुवाइ रोकिएको थियो । सन्दीप फर्किए लगत्तै मुद्दाको सुनुवाइ सुरु हुन लागेको हो ।

क्रिकेटर लामिछानेविरुद्ध १७ वर्षीया किशोरीले प्रहरी वृत्त गौशालामा वि.सं २०७९ भदौ २१ मा बलात्कारको जाहेरी दिएकी थिइन् । नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई वि.सं २०७९ असोज २० गते नियन्त्रणमा लिएको थियो ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]