नेपाल समुह विजेता हुँदै सेमीफाइनलमा, वर्षाले थाईल्याण्डसंग खेल नतिजाविहिन

Bishal Bikram KC
  • विकेटनेपाल, बैशाख-१२ 

एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिता अन्तर्गत नेपाल र थाईल्याण्ड बीचको खेल वर्षाको कारण पुरा हुन नपाए पछि दुवै टिमले १/१ अंक बाँडेका छन्।

खेलमा नेपालले टस जितेर ब्याटिंग गर्दै थाईल्याण्डलाई २३५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। आइस भट्टराईले नेपालको लागि सर्वाधिक ५८ रन ( ७३ बलमा ९ चौका ) बनाए। यस्तै कप्तान बिशाल बिक्रम केसीले ३८, दिपक बोहराले ३५, बिशाल पटेलले अविजित २८ र निखिल सिंहले अविजित २२ रन बनाए।

Aaish Bhattarai

२३५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा थाईल्याण्डले १.५ ओभरमा १ रन पनि नबनाउदा १ विकेट गुमाएको थियो। सोहि समयमा वर्षाले खेल रोकिन पुग्यो र पुनः सुचारु हुन सकेन।

थाईल्याण्ड र नेपालले १/१ अंक बाँडेपछि समूह चरणको ३ खेल पछि नेपालको २ जित र १ बराबरी अंक सहित ५ अंक भएको छ। यस्तै मलेसियाको ३ खेलमा २ जित र १ हार पछि ४ अंक रहेको छ।

समूह ‘ए’ बाट पहिलो हुँदै नेपाल र दोश्रो हुँदै मलेसिया सेमीफाइनलमा प्रस्थान गर्यो। समुह ‘बि’ सिंगापुर पहिलो र हंगकंग दोश्रो हुँदै सेमीफाइनल प्रवेश गरेको छ। समुह ‘बि’ को अन्तिम खेलमा चिन र सिंगापुर प्रतिस्पर्धा गरे पनि चिनको नेट रनरेट निकै कमजोर हुँदा खेल जिते पनि सेमीफाइनल पुग्न सक्ने छैन। समुह ‘बि’ को दोश्रो स्थानमा रहेको हंगकंगको ३ अंक रहेको छ र नेट रन रेट राम्रो रहेको छ।

प्रतियोगिता अन्तर्गत डिफेन्डिङ च्याम्पियन नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले तथा दोश्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो।

सन् २०१७ को एसीसी अन्डर-१६ पूर्वी क्षेत्र प्रतियोगिताको फाइनलमा नेपालले सिंगापुरलाई पराजित गर्दै उपाधि जितेको थियो।

नेपाल-थाईल्याण्ड बीचको खेल फोटोमा :- 

 

 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]