फाइनलमा नेपालको भेट मलेसियासंग ( एसीसी यु-१६ पूर्वी )

  • विकेटनेपाल, बैशाख-१४ 

थाईल्याण्डमा जारि एसीसी अन्डर-१६ इस्टर्न प्रतियोगिताको उपाधिको लागि नेपालको प्रतिद्वन्द्वी मलेसिया हुने भएको छ।

आज सम्पन्न सेमीफाइनल खेलहरुमा नेपालले हंगकंगलाई ४ विकेटले तथा मलेसियाले सिंगापुरलाई ५८ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको १७१ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुरले ११३ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। यस अघि सम्पन्न सेमीफाइनलमा हंगकंगले दिएको ८७ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पुरा गरेको थियो।

नेपाल र मलेसिया बीच फाइनल खेल आइतबार नेपाली समय ९:१५ बजे खेलिनेछ।

प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन हो। २०१७ मा नेपालले सिंगापुरलाई पराजित गर्दै उपाधि जितेको थियो। यो पटक उपाधि रक्षा गर्ने बाटोमा अब नेपालले नयाँ प्रतिद्वन्द्वी पाउने भएको छ।

नेपाल र मलेसिया समूह चरणमा एकै समुहमा थिए। नेपाल समुह विजेताको रुपमा र मलेसिया उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको थियो। यस क्रममा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो।

समुह चरणमा नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको थियो

मलेसियाले प्रतियोगिताको समुह चरणमा थाईल्याण्डलाई ७ विकेटले तथा म्यानमारलाई ८ विकेटले पराजित गरेको थियो। नेपालसंग पराजित हुने क्रममा पहिले ब्याटिंग गर्दै नेपालले बनाएको १४१ रनको जवाफमा १०२ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।

इतिहासमा नेपाल र मलेसिया अन्डर-१६ 

नेपाल र मलेसियाले अन्तिम पटक एसीसी यु-१६ ( पूर्वी ) प्रतियोगिताको अघिल्लो संस्करण २०१७ मा प्रतिस्पर्धा गरेका थिए। उक्त खेलमा नेपालले ७२ रनको जित हाँसिल गर्दै फाइनलमा प्रवेश गरेको थियो। खेलमा पहिले ब्याटिंग गर्दै नेपालले १२८ रनको लक्ष्य दिएको थियो र लक्ष्य पछ्याउने क्रममा मलेसिया ५५ रनमा अलआउट हुन पुगेको थियो।

२०१६ एसीसी यु-१६ ( पूर्वी ) प्रतियोगिता नेपालले जितेको थियो

त्यस अघि नेपालले सन् २०१४ को एसीसी यु-१६ मा पनि मलेसियालाई ३२ रनले पराजित गरेको थियो। पहिले ब्याटिंग गर्दै नेपालले दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया १२९ रनमा अलआउट भएको थियो।

सन् २०१० को एसीसी यु-१६ इलाइट कपमा पनि नेपाल ३२ रनले विजयी भएको थियो । टियु मैदानमा सम्पन्न खेलमा नेपालले पहिले ब्याटिंग गरे दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले १३० रन मात्रै बनाउन सकेको थियो।

 

 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]