अर्किड कलेजको जित : एसएसपी कप चितवन

विकेटनेपाल , १७ पुष ,
– राकेश तिमल्सिना, चितवन
सचिन पौडेलको शानदार अर्धशतकीय पारीको मद्दतमा चितवनमा जारी चौथो क्याची एसएसपी कप २०१७ को उद्घाटन खेलमा अर्किड कलेज, भरतपुरले प्रेसिडेन्सी कलेज, भरतपुर विरद्ध ६७ रनको जित निकालेको छ ।

विशाल चोकस्थित नौ बिगाहा मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको अर्किडले पुरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको थियो । उस्का लागि सचिन पौडेलले ५१ बल खेल्दै सर्वाधिक ६० रन जोडे । त्यस्तै, कप्तान मन्जिल न्यौपानेले १८, आशिष जिसीले १६ र गौतम केसीले १३ रन अर्किडको खातामा थपे । बलिङतर्फ प्रिसिडेन्सीका विमलले ३ र हरिबाबुले २ विकेट लिए ।

१ सय ४६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङका लागि मैदान उत्रिएको प्रेसिडेन्सी १३ ओभर ३ बलमा ७८ रन बनाउदा अलआउट भयो । उस्का लागि कप्तान विश्वास थापाले १० र बिमलले १५ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् । प्रेसिडेन्सीको पारी ध्वस्त बनाउनेक्रममा राजेश लम्सालले ३ र मन्दिपले २ विकेट लिए ।

अर्धशतकीय पारी खेलेका अर्किडका सचिन पौडेल म्यान अफ द म्याच घोषित हुदै डिटिसीको मोबाइल सेट प्राप्त गरे । उनलाई कार्यक्रम संयोजक अनिल अधिकारी र सम्मानित अतिथि नेवि संघ चितवनका उपाध्यक्ष तथा वीरेन्द्र बहुमुखी क्याम्पसका पुर्व स्ववियु सचिव मित्रनिधि तिवारीले डिटिसीको मोबाइल सेट संयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

प्रतियोगिता अन्र्तगत भोलिको खेलमा बिहान १० बजे कृषि तथा वनविज्ञान कलेज, रामपुर र प्रेसीडेन्सी कलेज, भरतपुर आमनेसामने हुनेछन् । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताको मुख्य प्रायोजक क्याची एजुकेशन कन्सलटेन्सी हो । प्रतियोगितामा १८ टिमलाइ फस्र्ट कम फस्र्ट सर्भ शैलीमा प्रतिस्पर्धा गराइने छ ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]