पुनित मेहराले शानदार अल-राउण्ड प्रदर्शन गर्दा रुपन्देहीसंग बिराटनगर पराजित

धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत दोश्रो दिनको दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सले बिराटनगर किंग्सलाई ५ विकेट ले पराजित गरेको छ।

यो संगै रुपन्देहीले लगातार २ खेलमा जित निकाल्यो भने बिराटनगरले पहिलो खेलमा हारको सामना गर्यो। रुपन्देहीले हिजो भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरको थियो। बिराटनगर किंग्सले दिएको ९४ रनको लक्ष्य पछ्याउने क्रममा रुपन्देही च्यालेन्जर्सले १३.१ मात्र ५ विकेट गुमाएर पुरा गर्यो।

उसका लागि पुनित मेहराले ४६ रनको आक्रामक र सम्हालिएको पारि खेले। २६ बलको सामना गरेका उनले २ चौका र ४ छक्का हाने।

खराब सुरुवात गरेको रुपन्देहीले मात्र १९ रनमा ३ विकेट गुमाएको थियो। सन्दिप सुनार (०), प्रदिप ऐरी (२) र बिनोद भण्डारी (७) आउट भएका थिए। त्यस्तै बाबर हयात पनि १७ रन (२३ बल, १ चौका, १ छक्का) बनाएर आउट भए।

जितको लागि पुनित मेहरा आउट हुँदा १३ रन आबश्यक रहेका बेला कप्तान बसन्त रेग्मी र भिम सार्कीले ५ बलमा १४ रन (१ छक्का, १ चौका) को साझेदारी गर्दै खेल जिताए। बसन्त रेग्मी अविजित ८ रन (५ बल, १ छक्का) र भिम सार्की अविजित १२ रन (१३ बल, १ चौका) मा रहे।

बलिंगतर्फ अभिनास यादवले १६ रन खर्चेर २ विकेट लिए। सुशन भारी, संसाद शेख र करण केसीको नाममा १/१ विकेट रह्यो।

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको बिराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो।

खराब सुरुवात गरेको उसले मात्र १३ रनमा दुवै ओपनर गुमायो। हरिशंकर शाह डकआउट हुँदा आसिफ शेख ८ बलमा ८ रन बनाएर आउट भए।

त्यसपछि बिदेशी खेलाडी असाद पठान १६ रन, पृथु बास्कोटा ४ रन, सुवास ऐर ९ रन, संसाद शेख १० रन, कुशल भुर्तेल १२ रन, अभिनास यादव ७ रन र करण केसी २ रन बनाएर आउट भए।

सुबास ऐर प्रतियोगिताकै सबैभन्दा कान्छा खेलाडी हुन्। १५ बर्षीय उनले ट्यालेन्ट हन्ट मार्फत विराटनगरको टिममा स्थान बनाएका थिए।

८० रनमा नबौ विकेट गुमाएको बिराटनगरका राजेश पुलामीले अन्तिम ओभरमा १२ रन बटुले। उनले ललित भण्डारीको पहिलो बलमा छक्का तथा अन्तिम ३ बलमा प्रत्येक बलमा २ रन दौडिए। पुलामी अविजित १७ रन (१४ बल, १ छक्का) मा रहे। सुशान भारीले २ बलको सामना गरे।

राजेश पुलामी
बलिंगतर्फ पुनित मेहराले ३ विकेट लिन ४ ओभरमा २० रन खर्चिए। बसन्त रेग्मी र ललित भण्डारीले समान २/२ विकेट हात पारे। बिक्रम सोभ र कृष्ण कार्कीको नाममा १/१ विकेट रह्यो।




थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]