IPL : हाई-स्कोरिंग खेलमा पन्जाबद्वारा बैंगलोर पराजित

रोयल च्यालेन्जर्स बैंगलोरलाई हाई स्कोरिंग खेलमा ५ विकेटले पराजित गर्दै पन्जाब किंगले इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा विजयी सुरुवात गरको छ।

मुम्बईको डीवाई पाटिल स्पोर्ट्स एकेडेमीमा सम्पन्न खेलमा बैंगलोरले दिएको २०५ रनको विशाल लक्ष्य पन्जाबले ५ विकेट क्षेतीमा ६ बल बाँकी रहँदै भेटायो।

पन्जाबको जितमा शिखर धवन र भानुका राजापक्षले सर्वाधिक ४३ रन योगदान दिए। धवनले २९ बलमा ५ चौका र १ छक्का तथा राजापक्षले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरे। कप्तान मायाँक अग्रवालले २४ बलमा २ चौका र २ छक्का मद्दतले ३२ रन योगदान दिए। ओडेन स्मिथले मात्र ८ बलमा १ चौका र ३ छक्का मद्दतले २५ रन योगदान दिए भने शाहरुख खानले २४ तथा लियाम लिभिंगस्टोनले १९ रन योगदान दिए।

अग्रवाल र धवनले ७.१ ओभरमा ७१ रनको ओपनिंग साझेदारी गर्दै पन्जाबलाई उत्कृस्ट सुरुवात दिएका थिए। अग्रवालको विकेट पछि धवनले राजापाक्षसंग ४७ रन जोडे। १५६/५ को अवस्थाबाट शाहरुख खान र ओडेन स्मिथले मात्र २५ बलमा ५२ रनको साझेदारी गर्दै जितसम्म पुर्याए।

बैंगलोरका बलर मोहम्मद सिराजले २ ( ४-०-५२-२ ) तथा अक्ष दिप, वानिन्दु हसरंगा र हर्षल पटेलले १/१ विकेट लिए।

टस हारेर ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलोरले २० ओभरमा २ विकेट क्षेतीमा २०५ रन बनएको थियो।

बैंगलोरको ब्याटिंगमा कप्तान फाफ डु प्लेसिसले सर्वाधिक ८८ रन बनाए जुन क्रममा ५७ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। यस्तै बिराट कोहलीले २९ बलमा १ चौका र २ छक्का मद्दतले अविजित ४१, दिनेश कार्तिकले १४ बलमा ३ चौका र ३ छक्का मद्दतले ३२ रन बनाए। अनुज रावतले २१ रन बनाए।

डु प्लेसिसले अनुज रावतसंग ५० रनको ओपनिंग तथा दोश्रो विकेटको लागि कोहलीसंग ११८ रनको साझेदारी गरे। अठारौं ओभरमा डु प्लेसी आउट भएपछि अन्तिमअ दिनेश कार्तिकले आक्रामक ब्याटिंग गरे। पन्जाब बलर अर्शदिप सिंह र राहुल चाहरले १/१ विकेट लिए।

आइतबार सम्पन्न पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डीएन्सलाई ४ विकेटले पराजित गरेको थियो।

दुई यादव चम्किंदा दिल्लीद्वारा मुम्बई पराजित

 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]