रोमान्चक खेलमा रोल्पा गोरिल्लाज ४ रनले बिजयी

  • विकेटनेपाल, ९ बैशाख , कोहलपुर 

आशिर्वाद पेन्ट्स नेपालगंज कप क्रिकेट प्रतियोगिता अन्तर्गत सातौँ दिनको पहिलो खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजले एभरोल टिएमटि लुम्बिनी यात्रिजलाई रोमान्चक खेलमा ४ रनले पराजित गरेको छ।

जित पछि रोल्पा गोरिल्लाजले ५ खेलमा ४ जित र १ हार बेहोरेको छ र अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। लुम्बिनी यात्रिजले भने ४ खेल खेल्दा ३ जित र १ हार बेहोरेको छ। अब बाँकी खेलहरुको नतिजाले दुवै टिम फाइनल पुग्ने नपुग्ने पक्का गर्नेछ।

रोल्पाले पहिले ब्याटिंग गर्दै दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा ६ रन आवस्यक रहेको अवस्थामा रोल्पा बलर भिम शार्कीले मात्र १ रन दिएर २ विकेट निकालेपछि लुम्बिनी १९.५ ओभरमा १३७ रनमा अलआउट हुन पुग्यो। शार्की खेलको प्लेयर अफ द म्याच समेत चुनिए।

भिम शार्कीले अलराउण्ड योगदान दिए

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका कप्तान कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाउने क्रममा ३० बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै बिशाल खत्री र कुशल मल्लले समान २० रन बनाए भने अन्तिम विकेटको रुपमा आउट भएका बसिर अहमदले २४ रन बनाए। रोल्पा बलर भिम शार्की र बसन्त कार्कीले समान २/२ विकेट हात पारे। भिमले ३.५ ओभरमा २५ रन तथा बसन्तले ३ ओभरमा २२ रन दिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो।

नन्दन यादबले ४० रन बनाए

रोल्पाको लागि ओपनिंग ब्याटिंग गरेका नन्दन यादबले ३५ बलमा ३ चौका र ४ छक्का मदतले सर्वाधिक ४० रन योगदान दिए। यस्तै आकाश थापा ३९, कप्तान सौरभ खनालले २७ तथा भिम शार्कीले २३ रन बनाए। लुम्बिनी यात्रिजका बलर सोम शर्माले सर्वाधिक ३ विकेट प्राप्त गर्न ३ ओभरमा मात्र ९ रन खर्चिए। कृष्ण कार्की, बषिर अहमद र निजामुद्दिन हलवाईले समान १/१ विकेट लिए।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]