देव खनालको अलराउण्ड प्रदर्शनमा तिरुपति क्रिकेट क्लबको सानदार जित : रुपन्देही सुपर लिग

सिद्धार्थ रंगशाला भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा डिभिजन ‘ए’ को खेलमा बुम एमसीसी क्रिकेट क्लब भैरहवाले लज्जास्पद हार व्यहोरेको छ। तिरुपति क्रिकेट क्लब भैरहवाले बुम एमसीसी क्रिकेट क्लबलाई ७८ रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको तिरुपतिले ३१.४ ओभरमा सबै विकेट गुमाएर १३१ रनको योगफल बनाएको थियो। उसका लागि देव खनालले सर्वाधिक ५३ रन बनाए। यस्तै विपिन न्यौपानेले ३६ तथा केशव पौडेलले अविजित १३ रनको योगदान गरे।

बलिङमा बुम एसीसीका दुर्गेश गुप्ताले १० ओभरमा १ मेडन सहित राख्दै २९ रन खर्चेर ५ विकेट लिए। यस्तै तुसार चौहानले ३ तथा इखलाक अहम्मदले २ विकेट हात पारे।

जवाफमा १३२ रनको लक्ष्य पछ्याएको बुम एमसीसी १८.५ ओभरमा सबै विकेट गुमाएर ५३ रनमा समेटियो। ४९ रन बनाउँदा ४ विकेट गुमाएको उसले थप ४ रन जोड्दा बाँकि ६ विकेट गुमायो। उसका लागि रोशन थामीले १८ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा तिरुपतिका देव खनालले सर्वाधिक ४ विकेट लिए। यस्तै सुलभ ढुंगानाको नाममा ३ विकेट रह्यो। तिरुपतिका देव खनाल खेलमा म्यान अफ दी म्याच घोषित भए।

समाचार स्रोत :  प्रशान्त मल्ल 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]