रुपन्देही सुपर लिग: बुम एमसिसी ए डिभिजनमा यथावत, बुद्ध रेलिगेशनमा

  • विकेटनेपाल, फाल्गुन २३ – बुधबार

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितामा बुधबार भएको लिग चरण अन्तर्गतको अन्तिम खेलमा बुम एमसिसी क्रिकेट क्लब भैरहवाले बुद्ध क्रिकेट क्लब भैरहवालई ५० रनले पराजित गरेको छ । जितसँगै सेमिफाइनल खेल्न नपाए पनि बुम एमसिसी ‘ए’ डिभिजनमा यथावत रहेको छ भने हारसँगै बुद्ध रेलिगेशनमा परी डिभिजन ‘बि’ मा घटुवा भएको छ ।

स्थानीय सिद्धार्थ रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको बुम एमसिसीले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बलमा सबै विकेट गुमाई २ सय ५५ रन बनाएको थियो । उसका लागि दुर्गेश गुप्ताले ८३, अमर मिश्रा र संदीप केसीले समान २७/२७ तथा सुशान थापाले २४ रन बनाए । बलिङमा बुद्धका रिजन पराजुले ३ तथा प्रवेज अन्सारीले २ विकेट लिए ।

प्रतिउत्तरमा २ सय ५६ रनको लक्ष्य पाएको बुद्धले ४३ ओभरमा सबै विकेट गुमाई २ सय ५ रन मात्र बनायो । उसका लागि रिजन पराजुले ४८, विधान श्रेष्ठले २७ र उदयकुमार मल्लिकले २१ रन बनाए पनि जितका लागि पर्याप्त भएन । बलिङमा बुम एमसिसीका अभिषेक गौतमले ४, रमेश कुर्मीले ३ तथा म्यान अफ द म्याच समेत रहेका दुर्गेश गुप्ताले २ विकेट लिए ।

बिहीबार सेमिफाइनलमा शिवशक्ति क्रिकेट क्लब भैरहवा र न्यू होराइजन क्रिकेट क्लब बुटवलबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विजेता क्लबले नगद ७० हजार प्राप्त गर्ने छ भने उपविजेताले नगद ३५ हजार प्राप्त गर्ने छ । यस्तै उत्कृष्ट खेलाडीले १० हजार, बेष्ट बलर र बेष्ट ब्याट्स म्यानले नगद ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता फागुन २६ गतेसम्म चल्ने छ ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]