मानसिक रुपमा तयार नभएको बताउदै सन्दिप एसियन गेम्स खेल्न नजाने

क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् ।

सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले लामिछानेलाई चीन पठाउन चाहेको थियो । नेपाली टिम आइतबार चिन प्रस्थान गरिसकेको छ।

तर उनले मानसिक रूपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् । सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ ।

सन्दिपको प्रतिस्थापनमा अर्को खेलाडी चिन पठाउने सम्भावना पनि कम रहेको छ। घाइते खेलाडी ललित राजवंशीको स्थानमा टिममा समावेश गरिएको देब्रे हाते स्पिनर सागर ढकाल पनि अझै चिन गएका छैनन्।

क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौँमा विचाराधीन छ ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]