कर्पोरेट सुपर सिक्सेस सिजन–७ सम्पन्न, माछापुच्छ्रे बैंक च्याम्पियन, आइसिएफसी उपविजेता

काठमाडौं, वैशाख २४– माछापुच्छ्रे बैंकले मंगलबार नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जितेको छ ।

मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो । एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो । आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडे ।

निशेषले १४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । विभवको इनिङमा समान एक चौका र छक्का रह्यो । आइसिएफसी फाइनान्सको बलिङमा सुरज तिमल्सिना र सन्जोक गुरुङले समान एक विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन् । त्यसअघि आइसिएफसी फाइनान्सले निर्धारित पाँच ओभरमा एक विकेटको क्षतिमा ६५ रनको योगफल बनाएको थियो । आइसिएफसी फाइनान्सका लागि अरविन्द राणाले १३ बलमा ३१ रन र सुरज तिमल्सिनाले १३ बलमा १६ रन जोडे ।

अरविन्दको इनिङमा चार चौका र दुई छक्का थियो । माछापुच्छ्रेको बलिङमा कुनै पनि बलरले विकेट लिन सकेन । प्लेअर अफ दी फाइनल माछापुच्छ्रेका निशेष केसी चयन भए । यस सिजनको विजेता माछापुच्छ्रे र उपविजेता आइसिएफसी फाइनान्सले ट्रफी र गिफ्ट ह्याम्पर पाए । यस संस्करणको विजेता माछापुच्छ्रे बैंकले आगामी सिजन फ्रि इन्ट्री पाएको छ । प्लेयर अफ दी टुर्नामेन्टमा आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना र बेस्ट ब्याट्सम्यान एनआइसी एसियाका अमर रावल घोषित हुँदै गिफ्ट ह्याम्पर पाए ।

त्यस्तै बेस्ट बलरमा आइसिएफसी फाइनान्सका सुरज तिमल्सिना, बेस्ट फिल्डरमा माछापुच्छ्रेका श्रीजन सुबेदी र बेस्ट विकेटकिपर माछापुच्छ्रे निशेष केसीले पनि गिफ्ट ह्याम्पर पाए । सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा एनआइसी एसियाका अमर रावल र फेयर प्ले अवार्ड प्राइम बैंकले प्राप्त गर्यो । प्रतियोगिताको बैंकिक पार्टनर एनआइसी एसिया छ । विजेतालाई एमाले नेता कर्ण थापा, हरिनारायण रौनियार, नेकोसका अध्यक्ष पर्शुराम बस्नेत, नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह र एसएस एभेन्ट्सका निर्देशक सुमित रौनियारले पुरस्कृत गरे । सन् २०१४ सुरु भएको कर्पोरेट सुपर सिक्सेसको सातौं सिजनमा मंगलबार क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल भएको हो ।





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]