शुबेन्दु र राजबिरको योगदानमा बर्दियाको दोश्रो जित, फाइनल सम्भावना जिवितै

Rajbir Singh
  • विकेटनेपाल, ९ बैशाख  – कोहलपुर 

आशिर्वाद पेन्ट्स नेपालगंज कप टि-२० प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न २ वटा खेलमा बर्दिया टाइगर्स र रोल्पा गोरिल्लाजले जित दर्ता गरेका छन्।

लिगको अन्तिम २ खेल सोमबार खेलिनु अघि अंकतालिकामा रोल्पा गोरिल्लाजको ५ खेलमा ४ जित सहित ८ अंक भएको छ। यस्तै ४/४ खेल खेलेको दंगाली गोर्खाज र लुम्बिनी यात्रिजको ३/३ जित सहित ६/६ अंक भएको छ। सोमबार हुने २ वटा खेल मध्ये पहिलो खेलमा दंगाली गोर्खाजले पाल्पा योद्दाजको तथा दोश्रो खेलमा बर्दिया टाइगर्सले लुम्बिनी यत्रिजको सामना गर्नेछ जसपछि लिगको उत्कृस्ट २ हुँदै फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय मैदानमा आइतबार सम्पन्न दोश्रो खेलमा पहिले ब्याटिंग गर्दै बाँके ब्लास्टर्सले दिएको १४१ रनको लक्ष्य बर्दिया टाइगर्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।

शुबेन्दु पाण्डे प्लेयर अफ द म्याच चुनिए

बर्दियाको जितमा प्लेयर अफ द म्याच समेत चुनिएका कप्तान शुबेन्दु पाण्डेले अविजित ४६ रन बनाए जुन क्रममा ३५ बलमा ४ चौका प्रहार गरे। यस्तै ओपनिंग ब्याटिंग गरेका राजबिर सिंहले ३५ बलमा ७ चौका मदतले ४३ रन बनाए भने बिश्वास श्रेष्ठले १९ तथा जितेन्द्र ठकुरीले १४ रनको योगदान दिए। बाँके बलर बिशाल केसीले २ तथा रोमन बमले १ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको बाँके ब्लास्टर्सले पुरै २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल तयार गरेको थियो।

महेश क्षेत्रीले ४९ रन बनाए

बाँकेको लागि कप्तान महेश क्षेत्रीले ओपनिंग ब्याटिंग गर्दै अविजित सर्वाधिक ४९ रन बनाए जुन क्रममा ५५ बलमा ५ चौका प्रहार गरे। यस्तै अर्का ओपनर बिपिन रावलले २३ रन ( १६ बल, ३ चौका र १ छक्का ) , अजय साहनीले १७ रन तथा बिशाल केसीले १६ रन योगदान दिए।

बर्दिया टाइगर्सका बलर दुर्गेश गुप्ता र भारत थापाले समान २/२ विकेट लिए।

बलिंग गर्दै बर्दिया बलर रोमन बम

पहिलो खेल – 

सातौँ दिनको पहिलो खेलमा पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजले एभरोल टिएमटि लुम्बिनी यात्रिजलाई रोमान्चक खेलमा ४ रनले पराजित गरेको छ।

जित पछि रोल्पा गोरिल्लाजले ५ खेलमा ४ जित र १ हार बेहोरेको छ र अंकतालिकाको शिर्ष स्थानमा रहेको छ। लुम्बिनी यात्रिजले भने ४ खेल खेल्दा ३ जित र १ हार बेहोरेको छ। अब बाँकी खेलहरुको नतिजाले दुवै टिम फाइनल पुग्ने नपुग्ने पक्का गर्नेछ।

रोल्पाले पहिले ब्याटिंग गर्दै दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा ६ रन आवस्यक रहेको अवस्थामा रोल्पा बलर भिम शार्कीले मात्र १ रन दिएर २ विकेट निकालेपछि लुम्बिनी १९.५ ओभरमा १३७ रनमा अलआउट हुन पुग्यो। शार्की खेलको प्लेयर अफ द म्याच समेत चुनिए।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका कप्तान कृष्ण कार्कीले सर्वाधिक ३५ रन बनाउने क्रममा ३० बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै बिशाल खत्री र कुशल मल्लले समान २० रन बनाए भने अन्तिम विकेटको रुपमा आउट भएका बसिर अहमदले २४ रन बनाए। रोल्पा बलर भिम शार्की र बसन्त कार्कीले समान २/२ विकेट हात पारे। भिमले ३.५ ओभरमा २५ रन तथा बसन्तले ३ ओभरमा २२ रन दिए।

यस अघि टस जितेर ब्याटिंग गरेको पप्पु कन्स्ट्रक्सन रोल्पा गोरिल्लाजले २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनायो।

रोल्पाको लागि ओपनिंग ब्याटिंग गरेका नन्दन यादबले ३५ बलमा ३ चौका र ४ छक्का मदतले सर्वाधिक ४० रन योगदान दिए। यस्तै आकाश थापा ३९, कप्तान सौरभ खनालले २७ तथा भिम शार्कीले २३ रन बनाए। लुम्बिनी यात्रिजका बलर सोम शर्माले सर्वाधिक ३ विकेट प्राप्त गर्न ३ ओभरमा मात्र ९ रन खर्चिए। कृष्ण कार्की,  बसिर अहमद र निजामुद्दिन हलवाईले समान १/१ विकेट लिए।

भिम शार्कीले अलराउण्ड योगदान दिए
नन्दन यादबले ४० रन बनाए




थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]