श्रीलंकाको रेकर्ड जित

  • विकेटनेपाल, ३ साउन

जिम्बाबेले दिएको ३८८ रनको लक्ष पछ्याउदै श्रीलंका टेस्ट क्रिकेटमा पाँचौं सबैभन्दा धेरै लक्ष पछ्याउने टिम बनेको छ l

कोलम्बोमा सम्पन्न एकमात्र टेस्टको अन्तिम इनिंगमा पाँचौं दिन श्रीलंकाले ३९१/६ को स्कोर बनाउदै ३८८ रनको लक्ष सफलतापूर्वक पछ्याएको थियो l

जिम्बाबेले पहिलो इनिंगमा ३५६ रन बनाएको थियो जसपछि श्रीलंकाले आफ्नो पहिलो इनिंगमा ३४६ रन बनाउदै १० रनले पछि परेको थियो l दोश्रो इनिंगमा जिम्बाबेले ३७७ रन बनाएपछि श्रीलंकाले चौथो इनिंगमा जितको लागि ३८८ रनको लक्ष पाएको थियो l

टेस्ट क्रिकेट इतिहासमा सबैभन्दा ठुलो लक्ष पछ्याउने टिम वेस्ट इन्डिज हो l सन् २००४ मा वेस्ट इन्डिजको एन्टीगुवा मैदानमा अस्ट्रेलियाले दिएको ४१८ रनको लक्ष पछ्याएको थियो l

सन् २००८ मा दक्षिण अफ्रीकाले अस्ट्रेलियाले दिएको ४१४ रनको लक्ष पछ्याएको थियो जुन टेस्ट इतिहासमा पछ्याईएको दोश्रो सर्बाधिक लक्ष थियो l धेरै लक्ष पछ्याउने देशको सुचीमा भारत तेश्रो स्थानमा र अस्ट्रेलिया चौथो स्थानमा छ l

टेस्ट क्रिकेटमा पछ्याईएको सर्बाधिक ५ ठुलो लक्ष  

पछ्याएको लक्ष देश बिरुद्ध बर्ष
४१८ वेस्ट इन्डिज अस्ट्रेलिया २००३
४१४ दक्षिण अफ्रीका अस्ट्रेलिया २००८
४०३ भारत वेस्ट इन्डिज १९७६
४०४ अस्ट्रेलिया इंग्ल्यान्ड १९४८
३८८ श्रीलंका जिम्बाबे २०१७ ( स्कोरकार्ड )

एसियामा खेलीएको खेलको कुरा गर्ने हो भने श्रीलंका ठुलो लक्ष पछ्याउने सुचीमा पहिलो स्थानमा छ l

रेकर्ड आफ्नो नाम बनाउने क्रममा टेस्टको अन्तिम इनिंगमा असल गुनारात्ने र निरोशन डिकवेलाले छैठौ विकेटको लागि १२१ रनको साझेदारी गर्दै जितमा अहम योगदान दिएका थिए l

जिम्बाबेको लागि पहिलो इनिंगमा क्रेग इर्विनले १६० रनको इनिंग खेलेका थिए भने दोश्रो इनिंगमा सिकन्दर राजाले १२७ रन बनाएपछि जिम्बाबे बलियो स्थितिमा थियो l रंगना हेराथले पहिलो इनिंगमा जिम्बाबेको ५ विकेट तथा दोश्रो इनिंगमा ६ विकेट आफ्नो नाम गरेका थिए l

अन्तिम इनिंगमा श्रीलंकाको लागि ओपनर करुनारत्नेले ४९, कुसल मेन्डिसले ६६ रन योगदान दिएका थिए भने महत्वपूर्ण साझेदारी गरेका गुनारत्नेले अविजित ८० रन तथा डिकवेलाले ८१ रनको इनिंग खेलेका थिए l

जिम्बाबेले एक मात्र टेस्ट अघि श्रीलंकालाई ५ वटा एकदिवसीय शृंखलामा ३-२ ले पराजित गरेको थियो l

यो पनि पढ्नुस :- 

 





थप समाचार

आइपीएल च्याम्पियन बन्ने यात्रा…

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । १० टोली सहभागी लिगमा […]

कोलकाता र राजस्थानले अंक बाडे, हैदराबादले पहिलो क्वालिफायर खेल्ने

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएको छ । […]

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा समूह चरणको आफ्नो अन्तिम खेलमा पञ्जाब किंग्समाथि जित निकाल्दै सनराईजर्स […]

उपत्यकाव्यापी टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो साताबाट

काठमाडौं । एनसीसीएस उपत्यकाव्यापी महिला तथा पुरुष टी-२० क्रिकेट प्रतियोगिता जेठ दोस्रो सातादेखि हुने भएको छ। भक्तपुर जिल्ला क्रिकेट संघको […]

विश्वकपमा नेपालको समूहमा रहेका टोली यस्ता..

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

चेन्नईलाई हराउँदै बेंगलुरु प्लेअफमा, आइपीएलको प्लेअफ समिकरण पूरा

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समिकरण पूरा भएको छ । चेन्नाई सुपर किंग्सलाई पराजित […]